कञ्चनपुर,बैशाख १८ गते । कोशी ब्यारेजमा माछा मारेर गुजरा गर्ने ६५ परिवारलाई शुक्रबार राहत वितरण गरिएको छ ।
स्टोरीज अफ नेपालको सहयोग तथा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८लसमन्वयमा ६५ घर परिवारलाई राहत वितरण गरिएको हो । हुमानगर कंकालिन नगरपालिका–१मा पर्ने उक्त ब्यारेजमा ३८ परिवार मल्लाह,६ परिवार मुसहर,४ परिवार राम,३ परिवार मण्डल,५ परिवार दास,७ परिवार मुश्लिम,एक जना साह र एक जना यादब परिवारलाई राहत वितरण गरिएको दलित सरोकार मञ्च नेपालले जनाएको छ । सरकारले कोरोना भाइरस फैलनि नदिन गरेको लकडाउनका कारण कोशी ब्यारेजमा माछा मारेर जिविका चालाउने परिवारलाई समस्या भइरहेको थियो । भौतिक दुरी कायम गर्दै गर्दै प्रति परिवार २५ किलो चामल,३ किलो दाल,२ लिटर तेल, २ किलो नून, २ किलो सोयाविन र ६पिस साबुन वितरण गरिएको मञ्चका निर्देशक भोलाकुमार पासवानले बताए ।
कोशी ब्यारेजमा रहेका उक्त बस्तीका अधिकाश व्यक्ति माछा मारेर जिविका चलाउँदै आएका छन् । कतिपयले दैनिक ज्यालादारी र कृषि मजदुरको रुपमा कार्यरत छन् । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष भिमराज मण्डल,यूवा नेता विरेन्द्र माझी,इलाका प्रहरी कार्यालय भारदहका प्रतिनिधि पत्रकार लगायतको उपस्थिती रहेको थियो । एक वर्ष अघि स्टोरिज अफ नेपालका संसथाक जय पौडेलले मल्लाह समुदायको पुख्र्यौली पेशाबारे फोटोस्टोरी गरेको थियो ।
लकडाउन भएको एक महिनाभन्दा बढी भएपनि स्थानीय सरकारले थोरै राहत सामग्री उपलब्ध गराएकोले अधिकाशको घरमा चुल्हो बल्न छोडेको स्थानीय राजेन्द्र मल्लाहले बताए । उनले भने,‘ जय पौडेल हाम्रो हाम्रो समाचार मात्रै छापेन,दुःखको समयमा समेत सहयोग गरेर हामीलाई ठूलो गुण लागायनउु भयो ।’ वडा अध्यक्ष भिमराज मण्डलले समेत सहयोगीलाई धन्याबाद दिएको छ । वडाअध्यक्ष मण्डलले भने,‘ पहिलो चरणको मात्रै राहत वितरण भएको थियो,धेरै जना पहिलो चरणमा छुटेकाले पनि राहत पाएको छ । म सहयोगी संस्थालाई हृदयदेखी धन्यवाद दिन चाहन्छु ।’ यस अघि स्टोरीज आफ नेपालले कञ्चनरुप नगरपालिका–५ पिप्रपूर्वमा ५० घर मुसहर समुदायलाई रातत वितरण गरेको थियो । उक्त बस्तीमा दुई वर्षअघि बाढीको समयमा मञ्चसँग समन्वय गरेर ३५ घर मर्मत गरेको,६ जनाको जस्ता सहितको घर निमार्ण कार्य गरेको थियो ।
त्यस्तै गाउँका २८ जना महिलालाई मुढा बनाउन तालिम र १६ जना किशोरीहरु लाई सिलाई कटाईको तालिम संचालन गर्नुका साथै पूजीका लागि मुढा तालिमपछि सबैलाई ७ हजार र सिलाई कटाई तालिमका लिएकालाई १० हजार सहयोग गरेको थियो । स्टोरीज अफ नेपालका संस्थापक जयदेव पौडेलले कोरोना कोभिड–१९)मा आपत्तको समयमा गरिव विपन्न परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।
प्रतिक्रिया