कञ्चपुर,बैशाख २४ गते । कञ्चनरुप नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९)बाट बच्नका लागि नगरका विभिन्न चौकमा हात धुनका राखिएको पानी टंकी साबुन र पानीको व्यवस्था गर्न छोडेको छ ।
कञ्चनरुप नगरपालिकाले कोरोना भाइरसको त्रास सुरु हुने वितिकै गत चैत्र ९ र १० गते नगरभित्रका विभिन्न चौकमा पानीको टंकी र हात धुने सावुन राखेको थियो । तर लकडाउन बढेसँगै ती अधिकाश टंकीमा पानी राख्न र हात धुने साबुन राख्ने काम बन्द भएको स्थानीयहरुले बताएका छन् ।
कञ्चनपुर बेरियरमा २ ठाउँमा राखिएको टंकीमा पानी र साबुन नभएको हप्तौ भइसक्यो । स्थानीय एक जनाले भने,‘सुरुमा त म आफै पनि साुबुन राखि दिएको थिए तर व्यक्तिगत रुपमा कति सक्नु ।’ नगरपालिकाले नगरका एक दर्जनभन्दा बढी ठाउँमा हात धुने व्यवस्था गरेको थियो ।
चौकमा अतिआवश्यक सेवा लिन आएका सर्वसाधरणले हात धोएर सेवा लिइयोस भन्ने उद्देश्यले टंकी राखिएपनि त्यसको उचित व्यवस्थापन नहुदाँ सर्वसाधरणलाई मार्का परेको छ । कञ्चनरुप नगरपालिकाका प्रशासकीय अधिकृत नवराज खड्काले यस विषयमा कुनै गुनासो नआएको बताउँदै आजै सबै ठाउँमा साबुन पानीको व्यवस्था गर्ने बताए ।
प्रतिक्रिया