अवलाेकित सामाचारदाता
कञ्चनपुर,बैशाख २९ गते । कञ्चनरुप नगरपालिका वडा नम्बर ८ र ४का ६० जना एकल महिला र फरक क्षमता भएका परिवारलाई सोमबार राहत वितरण गरिएको छ । राहत बितरण क्रम जारी छ ।
कञ्चनरुप ८ र ४मा एक सय ५० जनालाई राहत वितरण गर्ने तयारी गरिएको छ ।
स्टोरीज अफ नेपाल समुदायको सहयोग तथा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८लसमन्वयमा ६० घर परिवारलाई राहत वितरण गरिएको हो । दलित सरोकार मञ्चको कार्यालय परिसरमा राहत वितरण गरिएको हो । भौतिक दुरी कायम गर्दै गर्दै प्रति परिवार १५ किलो चामल,२ किलो दाल,डेढ लिटर तेल, १ किलो नून र ४ पिस साबुन वितरण गरिएको मञ्चका निर्देशक भोलाकुमार पासवानले बताए ।
यस अघि कञ्चनरुप नगरपालिका–५ प्रिपापूर्वका ५० घर मुसहर समुदाय र हनुमान नगर कंकालिनी नगरपालिका–१ ब्यारेजमा माछा मारेर जिविका चलाउने ६५ परिवारलाई समेत स्टोरीज अफ नेपाल समुदायको सहयोग तथा दलित सरोकार मञ्च नेपालले राहत वितरण गरिएको छ ।
लकडाउन भएको डेढ महिनाभन्दा बढी भएपनि स्थानीय सरकारले थोरै राहत सामग्री उपलब्ध गराएकोले विपन्न तथा सिमान्तकृत समुदायका एकल महिला र फरक क्षमता भएका परिवारलाई समस्या भइरहेको थियो ।
राहत पाएपछि खुशी हुदैँ एकल महिला किसनीदेवी पासवानले भनिन्,‘ राहतले हामीलाई सहयोग पुगेको छ,सहयोग गर्नेहरुलाई हामीसबैकोतर्फबाट धन्यवाद छ ।’ स्टोरीज अफ नेपालका संस्थापक जयदेव पौडेलले कोरोना कोभिड–१९)मा आपत्तको समयमा गरिव विपन्न परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए । दलित एवं सिमान्तकृत समुदायका सुत्केरी र गर्भवत्ति महिलाहरुलाई समेतलाई राहत दिने तयारी मञ्चले गरेको छ ।
प्रतिक्रिया