कञ्चनरुप व्यापार संघद्वारा निश्चित समय पसल खोल्न दिनु पर्ने माँग,कार्यपालिकाले आजै निर्णय गर्ने

  • जेष्ठ १, २0७७
  • 0
...


कञ्चनपुर,जेष्ठ १गते । कञ्चनरुप व्यापार संघले कञ्चनरुप नगरपालिकालाई व्यापार व्यवसाय संचालन गर्न समय सिमा निर्धारण गर्ने माँग गरेका छन् ।

संघका अध्यक्ष चन्दन रौनियार,सचिव शशी साह र कोषाध्यक्ष घनश्याम रौनियार लगायतका पदाधिकारीहरुले बिहीबार नगरपालिकामा व्यापार गर्नका लागि समय निर्धारण गर्न माँग गरेका हुन् ।
लकडाउन सुरु भएलगत्तै गत चैत्र १२ गते संघले सरकारको निर्देशन अनुसार चल्न व्यापारीहरुलाई विज्ञप्तिमा मार्फत आग्रह गरेका थिए । 
पाँचौ पटक लकडाउनको समयसिमा थपिएको र ५२ दिन वित्दा लाग्दा समेत नगरपालिकाले हाट बजार र गुद्री लाग्ने बजार बन्द गर्नु बाहेक कुनै वैकल्पिक व्यवस्था नगरेकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

                            

ज्ञापन पत्रमा कञ्चनरुप नगरपालिका,प्रहरी र व्यापारीबीच समन्वय हुदाँ व्यापारी र प्रहरीबीच द्धन्द्ध सिर्जना भइरहेकोप्रति सचेत गराउँदै लकडाउनको पालनासँग अतिआश्यक सेवासँगै व्यापार व्यवसाय गर्न निश्चित समय छुट्याउन माँग गरेका छन् । नगर कार्यपालिकाको आजै बसेको बैठकले यस विषयमा ठोस निर्णय लिने बताइएको छ । कार्यपालिकाको बैठकमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्र समेतको सहभागिता रहेको थियो । नगरपालिकाले कुनै पहल नगर्दा कञ्चनपुर बजार लगायत नगरपलिकाका व्यापारीहरु लकडाउन उल्घन गर्दै आइरहका छन् ।

प्रतिक्रिया