कञ्चनरुप नपामा अव विहान ६ देखी ९ बजेसम्म पसल खोल्न दिने निर्णय,त्यसबाहेकको समय खोलिए कडा कार्यवाही गरिने

  • जेष्ठ १, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ १ गते । कञ्चनरुप नगरपालिकाले शुक्रबारदेखी विहान ६ देखी ९ बजेसम्म व्यापार व्यसाय संचालन गर्न दिने निर्णय गरेको छ ।

भौतिक दुरी कायम गर्दै आवश्यक सावधानी अपनाएर विहानको समयमा अतिआवश्यक सेवासँगै अन्य व्यसाय पनि संचालन हुने नगरपालिकाले जनाएको छ । कञ्चनरुप व्यापार संघले कञ्चनरुप नगरपालिकालाई व्यापार व्यवसाय संचालन गर्न समय सिमा निर्धारण गर्न बिहीबार ज्ञापन पत्र बुझाएको थियो ।

संघका अध्यक्ष चन्दन रौनियार,सचिव शशी साह र कोषाध्यक्ष घनश्याम रौनियार लगायतका पदाधिकारीहरुले बिहीबार नगरपालिकामा व्यापार गर्नका लागि समय निर्धारण गर्न माँग गरेका थिए । कञ्चनरुप नगरपालिका प्रवक्ता राजकुमार साहले विहान ६ बजेदेखी ८ बजेसम्म पसल खोल्न र एक घण्टा समान मिलाउनलाई समय निर्धारण गरिएको बताए ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ८का वडाअध्यक्ष समेत रहेका साहले भने,‘ विहान ६ बजेदेखी ८ बजेसम्म पसल खोल्ने र एक घण्टा समान मिलाउन समय दिएको छ,त्यसभन्दा बाहेक समयमा पसल खोलिएमा आवश्यक कार्यवाही हुन्छ । ’ कञ्चनरुप व्यापार संघका अध्यक्ष चन्दन रौनियार भने,‘ अव निश्चित समय तोकिएको छ,उक्त समय भित्र आवश्यक सबधानी अपनाउदै भौतिक दुरी कायम गरेर व्यवसाय गर्न छुट समयसिमा तय भएको छ ।

सयम सिमा पालना गर्न म व्यापारीलाई आग्रह गर्छु । ’ तोकिएको समय सिमाभन्दा बढी समय पसल खोलिएको पाइएमा आवश्यक कार्यवाही गरे व्यापार संघलाई कुनै आपत्ति नहुने समेत अध्यक्ष रौनियारले बताए । कार्यपालिकाको बैठकमा इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्र समेतको सहभागिता रहेको थियो । नगरपालिकाले कुनै पहल नगर्दा कञ्चनपुर बजार लगायत नगरपलिकाका व्यापारीहरु लकडाउन उल्घन गर्दै आइरहका थिए ।

प्रतिक्रिया