कञ्चनपुर,जेष्ठ ३ गते । कञ्चनरुप नगरपालिकामा बिहीबारदेखी लकडाउनमा ‘कडाई’ गरिएको छ । तर नगरपालिकाले स्वयमलेले लकडाउनलाई धज्जी उडाउदैँ भौतिक दुरीलाई समेत ख्याल नगरी बालबालिकाहरुलाई एक दिने तालिम संचालन गरेको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ले वालअधिकार सम्बन्धी एक दिने तालिम शनिबार सुरु गरेपछि त्यसको व्यापक आलोचना सुरु भएको छ । कञ्चनरुप वडा नम्बर ८मा कार्यरत कविता बस्नेतले आफनो फेसबुकवालमा तालिमको फोटो सेयर गरेपछि विभिन्न व्यक्तिहरुले त्यसमा प्रतिक्रिया जनाएको छ ।
बालअधिकार सम्बन्धी प्रशिक्षक समेत रहेका राजेश झाले ‘ यस्तोवेला पनि तालिम ? बालबालिकालाई जोखिममा पार्न मिल्छ ? ’ भन्दै प्रश्न गरेका छन् । नेकपाका नेता भोला राउतले ‘बजेट खानको लागि नो सोसियल डिसटान्स’ लेखेका छन् । तालिममा कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्र र प्रमुख प्रशाकीय अधिकृत नवराज खड्का लगायत अधिकाश सहभागीले माक्स लगाएको देखिदैन ।
प्रदेश २को ८ वटै जिल्लामा कोरोनाको केश भेटिएपछि थप कडाई गरिएको छ । कञ्चनरुप नगरपालिकाको बिहीबार सम्पन्न कार्यपालिकाको बैठकले विहान ६ देखी ८ बजेसम्म मात्रै अतिआवश्यक सहितका व्यवसाय खुल्ला गर्ने र बाँकी समय लकडाउन पूर्णरुपमा कार्यन्वयन गर्ने निर्णय गरेको छ । तर निर्णय गरेको २४ घण्टा नवित्दै ‘बेमौसमको बर्षात’ झै शनिबार विहानै बालबालिका सहति करिब एक दर्जन सहभागीलाई बोलाएर तालिम संचालन गरेका छन् ।
यस विषयमा कञ्चनरुप नगरपालिका प्रमुख प्रशाकीय अधिकृत नवराज खड्कासँग बुझदा समाजिक दुरी कायम गरेर तालिम संचालन गरिएको बताए । उनले भने,‘वडा कार्यालयले प्रहरीसँग पनि स्वीकृति लिएको रहेछ,सहभागीलाई विहान ७ बजे बोलाइएकोमा समयमा नआएर अली ढिलो हुन गयो ।’ तर इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले तालिमबारे प्रहरीलाई कुनै जानकारी नभएको बताए । फोटो ः कविता गुप्ताको फेसबुकवालबाट सभार
प्रतिक्रिया