कोरोना भाइरस ( कोभिड १९) माहामारी को मारमा परेका दैनिक ज्यालादारी तथा सन्कटान्मुख परिवार लाई राहत बितरण गर्नका लागि फत्तेपुर मा रहेको लुम्बिनी बिकास बैंक ले सप्तकोसी नगरपालिका को राहत कोषमा एक कार्यक्रम का बिच सनिवार राहत जम्मा गरेको छ। सप्तकोसी नगरपालिका को राहत कोषमा बैंक ले १७ सय ७५ केजि चामल जम्मा गरेको छ।
करिब दुई महिना अघि देखि जारी लकडाउन का कारण दैनिक ज्यालादारी बर्ग र मजदुरी गरि खाने ब्यक्ति मार्कामा परेको भन्दै बैंकले उक्त परिणाम को राहत सहयोग गरेको लुम्बिनी बिकास बैंक फत्तेपुर का प्रमुख रमेश कुमार पौडेल ले बताए । बैंक ले २५ के जि का ७५ बोरा सोना मन्सुली चामल राहत राहत स्वरुप सप्तकोसी नगरपालिका का प्रमुख उत्तम कुमार शर्मा लाई जिम्मा लगाएको हो। बैंक ले हस्तान्तरण गरेको उक्त राहत नगरको आबश्यकता अनुसार ११ ओटै वडाका लक्षित बर्ग सम्म पुर्याउने नगर प्रमुख शर्मा ले बताए। सप्तकोसी नगरपालिका ले भर्खरै दोस्रो चरण को राहत बितरण सम्पन्न गरेको छ।
प्रतिक्रिया