कञ्चनरुपमा सर्वसाधरण,व्यापारीदेखी सरकारी कार्यलयसम्मले लकडाउनको धज्जी उडाउँदै

  • जेष्ठ ४, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ ४ गते । कञ्चनरुप नगरपालिकामा विहान तीन घण्टा व्यापार व्यवसया गर्न छुट दिएपछि लकडाउन सरकारी र सर्वसाधरणबाट लकडाउन ब्यापक उल्घंन हुन थालेका छन् ।

गत विहीबार कञ्चनरुप नगरपालिकाको कार्यपालिका बैठकले कञ्चनरुप व्यापार संघको आग्रहमा विहान ३ घण्टा अतिआवश्यक सेवा संचालन गर्न दिने निर्णय गरेको थियो । तर नगरपालिकाले स्वयमलेले लकडाउनलाई धज्जी उडाउदैँ भौतिक दुरीलाई समेत ख्याल नगरी शनिबार बालबालिकाहरुलाई एक दिने तालिम संचालन गरेको थियो ।

बिहीबारदेखी ९ बजेपछि बजारमा चहलपहल केही कम भएपनि विहान बजारमा मेला जस्तै भिडभाड हुन थालेका छन् । कञ्चनरुप नगरपालिका बाहेकका व्यापारीहरु समेत विहान कञ्चनपुर बेरियरमा आउन थालेका छन् । कुनै भौतिक दुरी कायम नै नगरी किराना पसल मात्र होइन,कपडा,सुन–चाँदीदेखी निमार्ण सामग्री बेच्ने पसल समेत निर्वाध रुपमा संचालनमा आएका छन् । ञ्चनरुप नगरपालिकाको अगाडी नै आईतबार विहान कञ्चनपुर हटियामा कपडा व्यापारीले विना कुनै भौतिक दुरी कायम गर्दै निर्वाध रुपमा कपडा बिक्री गरिरहेको थियो । बजारमा दशैंको समयभन्दा पनि बढी भिडभाड देखिथ्यो । एउटै पसलमा दर्जन व्यक्ति कपडाको मोलमोलाई गरीरहेको दृश्य समान्य थियो । व्यापार संघले भौतिक दुरी कायम गर्दै सेन्टिाइजर र हाथ धुने साबुन पानीको व्यवस्थ ागर्ने कुरा त ढाडाको विषय थियो,स्वयम पसलेहरु विना माक्स मोलमोलाईमा व्यस्त थियो । क्ञ्चनरुप व्यापार संघका अध्यक्ष चन्दन रौनियारले विहान बजार,बेरियर र हटिया अनुगमन गरेका थिए ।

अनुगमनपछि अध्यक्ष गुप्ताले भने,‘ हामीले दिनभरी प्रहरी आएर अतिआवश्यक समान बेच्न पनि गाह«ो भइरहेको सन्दर्भमा निश्चित समयसम्म भौतिक दुरी र सबधानी अपनाएर सहजता ल्याउने प्रयास गरेका थियौं,तर सर्वसाधरसँगै व्यापारीहरुले समेत वेवास्ता गरेको देखियो ।’ अध्यक्ष रौनियारले प्रहरी र नगरपालिकासँग तत्कालै समन्वय गरेर लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न कञ्चनरुप व्यापार संघले पुन ः पहल गर्ने बताए ।

कञ्चनरुप नगरपालिका प्रमुख प्रशाकीय अधिकृत नवराज खड्का समेतले विहानै बजार अनुगमन गरेका थिए । बजार अनुगमनकै क्रममा भेटेका खड्काले व्यापारी संघले विज्ञप्ति नै बुझाएर गरेको सहमति विपरीत असबधानी सहित भिडभाड बढाएको बताए । उनले भने,‘ व्यापार संघ,प्रहरी र नगरपालिका तत्काल नै यो विषयलाई गम्भिरताकासाथ लिएको छ,आजै यो विषयमा थप निर्णय हामी गर्छौ ।’ तरकारी,किराना पसल,दुधजन्य व्यापार लगायतका अतिआवश्यक सेवा मात्रै संचालन गर्ने सहमति भएपनि सबै पसल खोलिएको प्रति समेत नगरपालिकाको ध्यानकर्षण भएको खड्काले बताए । इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले पनि अतिआवश्यक सेवा मात्रै संचालन गर्न मात्रै समयसिमा तय भएको बताए ।

प्रतिक्रिया