कञ्चनरुपमा सबै पसल बन्द गर्ने सर्वपक्षिय निर्णय,वैकल्पिक व्यवस्था गरेर अत्यावश्यक सामाग्री विक्री वितरण गर्न छुट

  • जेष्ठ ५, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ ५ गते । कञ्चनरुप नगरपालिकामा अत्यावश्यक सामाग्री विक्री वितरण पनि वैकल्पिक व्यवस्था गरेर मात्रै गर्ने सोमबारको सर्वपक्षिय बैठकले निर्णय गरेको छ ।

सर्वपक्षिय बैठकले मंगलबारदेखी नगरभित्रका बजार,पसल,पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कञ्चनरुप नगरपालिका प्रमुख प्रशाकीय अधिकृत नवराज खड्काले विहान पसल खोल्न दिने निर्णयको प्रभाव सकारात्मक नभएकाले सर्वपक्षिय बैठकले लकडाउन कार्यान्वयन गर्न थप निर्णय गर्नु परेको बताए । प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार अतिआवश्यक सामाग्री,खाद्यान्य लगायत पसलले ढोका÷सटर बन्द गरी वैकल्पिक व्यवस्था गरी सेवा प्रदान गर्नु पर्ने बताए ।

कोरोना भाइरस(कोभिड–१९)को संक्रमणका कारण देश लकाडाउन भएको अवस्थामा जनजीवन प्रभावित भएको र त्यसलाई मध्यनजर गर्दै कञ्चनरु व्यापार संघले नगरपालिकालाई गत बिहीबार ज्ञापन पत्रमा बुझाएको थियो । सोही दिन सर्वपक्षिय छलफल गरी कञ्चनरुप नगर कार्यपालिकाको निर्णयअनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोकथामको लागि राष्ट्रिय मापदण्ड पूरा गरेर हाटबजार,पसल प्रत्येक दिन विहान ६ देखी ९ बजेसम्म खोल्ने निर्णय गरेको थियो । निर्णय भएको अर्कोदिनदेखी नै सूनदेखी नूनसम्मको पसल खुलेपछि बजारमा मेला लागेको थियो ।

अवलोकित दैनिकले कञ्चनरुप नगरपालिकामा लकडाउन ब्यापक उल्लंघन भएको समाचार प्रकाशित गरेको थियो । कञ्चनरुप व्यापार संघका अध्यक्ष चन्दन रौनियार,कञ्चनरुप नगरपालिका प्रमुख प्रशाकीय अधिकृत नवराज खड्का,प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झा लगायतले आईतबार विहानै बजार अनुगमन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार तरकारी,फलपूल जुन ठाउँको उत्पदान हो,सोही ठाउँमा साइकल,ठेला वा घर घरमा गएर बिक्री वितरण गर्न सकिनेछ । यद्यपी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण राष्ट्रिय मापदण्ड उल्लंघन गरी खाद्यान्य लगायत अत्यावश्यक सामाग्री विक्री वितरण गरेका प्रहरी प्रशासनलाई आवश्यक कारवाही गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

कञ्चनरुपमा अव वित्तिय संसथा(बैं,सहकारी र फाइनान्स) हरु फरक–फकर दिन फरक फरक समयमा खोल्ने निर्णय गरिएको छ । सर्वपक्षिय निर्णयलाई नगर कार्यपालिकाको बैठकमा अनुमोदनको लागि पठाइने बताइएको छ ।

प्रतिक्रिया