कञ्चनरुपमा ९ जनाको आरडिटी परिक्षण गर्दा एक जनाको रिर्पोट पोजेटिभ, ७ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न पठाइयो

  • जेष्ठ ६, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ ६ गते । कञ्चनरुप नगरपालिकामा मंगलबार ९ जनाको आरडिटी परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । 
कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार ९ जनाको आरडिटी र ७ जनाको पिसिआर(रियल टाइम पोलिमर्स चेन रिएक्सन) परीक्षणका लागि स्वाब संकलन गरेको थियो । 
९ जनाको आरडिटी परीक्षण गरिएकोमा एक जनाको रिर्पोट पोजिटिभ आएको स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले बताए । 

                   . 

आरडिटी रिर्पोट पोजेटिभ आएपछि स्वाब संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न पठाइएको सह–संयोजक गुप्ताले बताए । आरडिटी पोजेटिभ आएका व्यक्तिको बुबा गत महिना कतारबाट आएको थियो । उनको पनि स्वाब संकलन गरि परिक्षणको लागि पठाइएकोमा रिर्पोट आउन बाँकी रहेको सह–संयोजक गुप्ताले बताए । कञ्चनरूप नगरपालिका ८ स्थित सर्वाेदय माविमा १५ जना, वडा नम्बर ११ सिमरा स्थित दुर्गा अाधारभुत विद्यालयमा ८ जना र वडा नम्बर १ वैरवा स्थित लक्ष्मी नारायण माविमा २ जना गरी २५ जना क्वरेन्टाइनमा रहेकाे छ ।  

प्रदेश नम्वर २ मा मात्रै कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या सोमबारसम्ममा एक सय ३१ पुगेको छ ।

प्रतिक्रिया