कञ्चनपुर,जेष्ठ ६ गते । कञ्चनरुप नगरपालिका–४ मा वितरण गर्न बाँकी रहेका राहतको पोका मिलमा फिर्ता गर्न लग्ने क्रममा भएको बिवाद मिलापत्र भएको छ ।
केही समय अघि कञ्चनरुप– ४ को आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यपाक रामनारायण साहले वितरण गर्न बाकी रहेको राहत मिलमा जिम्मा लागाउने क्रममा स्थानीयहरुले विरोध गरेका थिए । स्थानीयहरुले दुवै जना शिक्षकलाई प्रहरीको जिम्मा लगाउनुका साथै जम्मा भएको भिडले चामल लगेको थियो ।
सर्वसाधरणहरुले राहतमा अनियमिता भएको भन्दै इलका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए । भने वडा नम्बर ४का वडाअध्यक्ष रामनारायण साहले राहतको लागि बाँकी रहेका चामल स्थानीय लुटेको भन्दै कार्यवाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
१५ किलोका ७ र १० किलोका १० गरी १७ प्याकेट चालम तथा ५० किलो दाल बिक्री गर्न कञ्चनरुप नगरपालिका–८ स्थित शम्भुप्रसाद गुप्ताको राईस मिलमा पुगेका बेला बिबाद भएको थियो ।
राहत बाँड्दै जाँदा चामल र दाल अपुग भएपछि मौज्दात रहेको १७ पोका चामल मिलमा फिर्ता गर्ने र नगरपालिकासँग थप रकम माग गरी बाँकी परिवारलाई राहत वितरण गर्ने सोचअनुसार मिलमा जम्मा गर्न गएको दावी शिक्षकहरुको थियो । तर स्थानीयहरुले राहत वितरण नै नसक्की राहत वितरण समितिले चामल बिक्री गर्ने उद्देश्यले मिलमा लगेको आरोप लगाएका थिए ।
इप्रका कञ्चनपुरमा दुवै पक्षबीच भएको छलफलमा राहत वितरण समितिको निर्णय अनुसार चामल मिलमा जम्मा गर्न लगेको बेला स्थानीयहरुले कुरा नबुझी लगेकाले दुवै पक्षबीच सहमति भएको वडाअध्यक्ष रामनारायण साहले बताए । वडाअध्यक्ष साहले भने,‘ दुई जना शिक्षको कुनै गल्ती नभएको सबै जनालाई छर्लङ्ग भयो,मिलबाट चामल लग्नेहरुले माफी मागेपछि मिलापत्र भयो ।’
प्रतिक्रिया