कञ्चनपुर,जेष्ठ ७ गते । सप्तकोशी नगरपालिकामा पाँच जना सदस्य भएको परिवारले दोस्रो चरणको राहत अन्तर्गत ३५ किलो चामल,७ किलो दाल,एक लिटर तेल र २ पकेट नून पाएका छन् । तर कञ्चनरुप नगरपालिकामा ५ जना परिवारकाले पनि १५ किलो चामल र एक सय २० रुपैया नगद पाएका छन् । राहतमा एक रुपमा नभएकाले कतिपय वडामा जतिसुकै परिवार संख्या भएपनि १५ किलो चामल मात्रै पाएको छ ।
सप्तकोशी नगरपालिकाले एक करोड १५ लाखभन्दा बढीको राहत ब्याकेज ल्याएर वितरण गरिसक्दा कञ्चनरुप नगरपालिकाले नगरबाट ४३ लाख र प्रदेशबाट आएको १५ लाख समेत गरेर ५१ लाखको राहत प्याकेज घोषणा ग¥यो । सप्तकोशी नपामा तेस्रो चरणको राहत वितरणको तयारीमा छ,तर कञ्चनरुप नगरपालिका अव उप्रान्त कुनै राहत वितरण नगर्ने ‘मुड’मा छ ।
दैनिक जालादारी र कृषि मजदुरको घरमा छाक टार्न समस्या छ । गरिबीकै कारण खान नपाएर नगरपालिका विपन्न जनता मर्न थालेका छन् । तर कञ्चनरुप नगरपालिका राहत वितरण नै नगर्ने ‘मुड’मा बसेका छन् । छिमेकी नगरपालिकाले तेस्रो चरणको राहत वितरण गर्ने तयारी गरिरहदाँ कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधि मौन बसेका छन् ।
कञ्चनरुप नगरपालिकासँगैका छिमेकी सप्तकोशी नगरपालिकाले दुई चरणको राहत सफलतापूर्वक वितरण गरेर तेस्रो चरणका लागि पूर्व तयारी सुरु गरेको छ । तर कञ्चनरुप नगरपालिका जनप्रतिनिधि राहतको ‘र’समेत उच्चारण गर्न तयार छैन् । कञ्चनरुप नगरपालिकाले लकडाउन भएपश्चात एक पटक राहत वितरण गरेको छ । कञ्चनरुप नगरपालिकाको गत बिहीबारको बैठकमा राहतबारे कुनै छलफल भएन । नगरपालिका प्रवक्ता एवं वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साहले कार्यपालिकाको बैठकमा दोस्रो चरणको राहत वितरणबारे कुनै छलफल नभएको बताए । ‘
लकडाउनको २३ औं दिन राहतका लागि बुधबार बसेको कञ्चनरुप नगरपालिकाका कार्यपालिका बैठकले नगरपालिकाको संचित कोषबाट राहत वितरणका लागि ४३ लाख एक हजार विनयोज गर्ने निर्णय गरेको थियो । प्रदेश २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा ५८ लाख एक हजार रकमबाट पहिलो चरणमा राहत वितरण गरेको थियो ।
नगरपाकिालको बैठकले प्रत्येक वडालाई चार लाख र विपन्नताका संख्याको अधारमा थप रकम गरेर बजेट विनयोजन गरेको नगरपालिका प्रवक्ता राजकुमार साहले बताए । सबभन्दा बढी रकम वडा नम्बर ५ले ५ लाख ४० हजार पाएको थियो । त्यस्तै वडा नम्बर ११ले ५ लाख २२ हजार, वडा नम्बर ४ ले ५ लाख ११ हजार,वडा नम्बर ३ले ५ लाख १३ हजार,वडा नम्बर ९ले ५ लाख ४ हजार रकम पाएको छ । सबभन्दा कम रकम वडा नम्बर २ले ४ लाख २० हजार पाएको थियो ।
नगरपालिकाले वडागत रुपमा छुट्याएको बजेट हेर्दा सबभन्दा कम वडा नम्बर १काले प्रति परिवार ५५१ रुपैया बराबरको राहत पाउँनेछ भने सबभन्दा बढी वडा नम्बर ७काले १५सय ४० रुपैया राहत पाएका थिए ।
नगरपालिकाको कुल जनसंख्या ५५ हजार २ सय ६६ हो । नगरभित्र कूल ११ हजार ४६ घरधुरी छ । कञ्चनरुप नगरपालिकाले १२ वटै वडाहरुमा अतिििवपन्न,संकटासन्न र श्रमिक परिवारहरुबो तथ्याङ्क वडा कार्यालय अध्यक्ष संयोजक रहेको समिति मार्फत संकन गरेको थियो । उक्त समितिले नगरपालिकाले दैनिक मजदुरी गरेर खाने र बिपन्नलाई राहत दिनेभएपछि वडा कार्यालयहरुले ६ हजार ३ सय ७९ घरधुरी ‘गरिब’ (५८प्रतिशत) जनता ‘गरिब’भएको सूची पेश गरेका छन् ।
सप्तकोशी नगरपालिकाले विनयोजित बजेटबाट एक करोड रुपैया कोरोनाको राहत कोषमा जम्मा ग¥यो । प्रदेश सरकारले १५ लाख पठाएको थियो । नगरपालिका भित्रको बैंक एवं वित्तिय संस्थासँगै अरुलाई पनि ऊ कोषमा राहत रकम जम्मा गर्न अह्वान ग¥यो ।
सप्तकोशी नगरपालिका पहिलो चरणमा एक हप्ताको राहत प्याकेज वितरण ग¥यो । उक्त प्याकेजमा परिवार संख्याको आधारमा परिवारको एक जना बराबर साढे तीन किलो चामल,आधा किलो दाल र प्रति परिवार एक पकेट नून वितरण गरेको थियो । त्यस्तै नगरपालिकाले दोस्रो चरणको राहतमा एक जना बराबर ७ किलो चामल, १ किलो दाल, १ घर बराबर १ लिटर तेल, २ किलो नुन बितरण गर्ने निर्णय गरेको वडा नम्बर ५का वडाअध्यक्ष दिपक लेखीले बताए ।
चौधरीले भने,हिजो कार्यपालिका बैठक बसेर हामी तेस्रो चरणको राहत वितरणको पूर्व तयारी गर्न लागिसक्यौं ।’ वडाअध्यक्ष चौधरीका अनुसार प्रदेश सरकारले प्रत्येक वडाका ५९ परिवारका लागि पठाइदिएको राहत पनि बुझि सकेका छन् ।
प्रतिक्रिया