कोरोनाको जोखिममा कार्यरत उदयपुरका ५५ जना सञ्चारकर्मीहरुको बिमा

  • जेष्ठ ९, २0७७
  • 0
...

उदयपुर ०९ बैशाख । केही दिनअघि एकजना पत्रकारलाई कोरोना भाईरसको संक्रमण देखिएपछि जोखिममा कार्यरत जिल्लाका ५५ जना सञ्चारकर्मीको आज बिमा गरिएको छ । 

कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा खटिएका सञ्चारकर्मीहरुको बिमा आइएमई जेनरल इन्स्युरेन्समा गरिएको हो । जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भै सकेको र अन्य स्थानहरूमा परीक्षणको दायारा बढ्न नसकको समयमा पत्रकारलाई एकलाख बरावरको बिमा गरिएको छ । बिमा गरीएका पत्रकारहरूमा कोरोना भाइरसको संक्रमण देखिएमा बिमा कम्पनिले एक लाख रुपैया उपलब्ध गराउने छ ।

जोखिममा कार्यरत सञ्चारकर्मीहरुको बिमाका लागि कटारीका युवा व्यवसायी प्रयास कार्कीले  सहयोग गरेकाछन् । बिमा रकम ठुलो नभएपनि कोरोना संक्रमण भएपछि परिवारमा आउनसक्ने आर्थिक समस्या टार्न र दैनिकी चलाउन सहजहुने प्रेस संगठनका उदयपुर.संयोजक गणेश उप्रेतीले बताए । संयोजक उप्रेतीका अनुसार प्रेस संगठनमा आवद्द ३४ जना पत्रकार, प्रेस युनियनमा आवद्द १७ र अन्य गरी कुल ५५ जनाको बिमा गरिएको छ ।  

कोरोना महामारीका समयमा जोखिममा कार्यरत श्रमजिवी पत्रकारलाई बिमा कार्यक्रमले ठुलो सहयोग पुग्ने प्रेस युनियन उदयपुरका अध्यक्ष तथा पत्रकार महासंघ उदयपुरका सचिव पर्शुराम थापाले बताए । साथै बिपतको घडीमा पत्रकारको बिमा गर्न सहयोग गर्नुहुने युवा व्यवसायी प्रयास कार्कीलाई युनियनका अध्यक्ष थापाले धन्यवाद दिएकाछन् । 
बिमामा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार माहासंघ प्रदेश १ का सचिव हरि कुमार.राई, पत्रकार माहासंघ उदयपुरका पुर्व अध्यक्षहरू श्याम राई, ईश्वर कुमार तामाङ , नेपाल पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खडका, उपाध्यक्ष भोटराज राई, सह सचिव गजेन्द्र राई, बिदुर कटुवाल सहित जिल्लामा सकृय ५५ जनाको बिमा गरिएको छ ।

प्रतिक्रिया