गरिबीका कारण ज्यान गुमाएका कञ्चनरुप–५का मलर सदा टोलमा प्रदेश सरकारको राहत,तर ६ घर मुसहरले मात्रै पाए

  • जेष्ठ १0, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ ९ गते । गरिवीका कारण खान नपाएर ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका मलर सदाको बस्तीका लागि प्रदेश २ सरकारले पठाएको ५१ परिवारलाई शुक्रवार वितरण गरिएको छ ।

प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत वडा कार्यालय मार्फत राहत वितरण गरेको हो । घरेलु तथा साना उद्योग कार्यलय मार्फत राहत सामग्री खरीद गरेर प्रत्येक वडा कार्यलयमा बुझाउदै आएको छ । सप्तरी जिल्लामा प्रति वडा ५९ वटा प्याकेटका दरले राहत वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यलय सप्तरीका प्रमुख संताेष साहले बताए ।

प्रदेश सरकारको राहत प्याकेटमा प्रति मन्सुली चामल २५ किलो,मसुरो दाल २ किलो,खाने तेल १ लिटर ,नुन १ किलो,सोयाबिन आधा किलो र हातधुने साबुन १ पिस रहेको छ । ‘कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले प्रदेश सरकारको राहत नलिने भन्नुभयो ।

तथापी केह् िवडा कार्यालयहरुले राहत लिएका थिए । वडा नम्बर ५ पनि राहत नलिने पक्षमा थिए । तर मलर सदाको घटना मिडियामा आएपछि उक्त बस्तीमा थप राहत समेत वितरण गर्न निर्देशन आएको छ ।’ प्रमुख साहले भने, वडा नम्बर ५मा ५९ बाहेक थप ३१ प्याकेट राहत जिम्मा दिएका छौं । जसमध्ये ५१ घरलाई शनिबारै राहत वितरण गरिएको छ ।’

खान नपाएर ज्यान गुमाएका मलर सदाका टोलका ३० परिवार मुसहर समुदायमध्ये ६ घर र बाँकी ४५ घर दलित भित्रकै राम र सरदार समुदायलाई राहत वितरण गरिएको छ । वडाअध्यक्ष कैलाश साहले वडा कार्यलयमा सय प्याकेट राहत आएकोमा ५१ घरलाई वितरण गरेको र केहीलाई वितरण गर्न बाँकी रहेको बताए । मलर सदाको मृत्यु खवरले प्रदेश सरकारले थप ३१ प्याकेट चामल वितरण गर्न पठाएपनि व्यक्तिगत रुपमा अरु परिवारलाई राहत पाइसकेको भन्दै ६ परिवारलाई मात्रै प्रदेश सरकारको राहत दिएको स्थानीयले बताए । शुक्रबार दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप–८ र कृष्णा विद्युत हार्डवेयर कञ्चनपुरका प्रोप्राइटर शालिग्राम गुप्ताले संयुक्त रुपमा राहत वितरण गरेको हो । गरिबीका कारण खान नपाई ज्यान गएका मलर सदा मुसहरकी श्रीमती जलेश्वरी लगायत बस्तीका २७ घरलाई प्रति परिवार २५ किलो चामल,२ किलो दाल,ढेड लिटर तेल,४ पिस साबुन वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले बताए ।

चार दिनदेखि पेटमा अन्न परेको थिएन । गत सोमबार भोको पेट लिएर कोदालो चलाउन हिँडेका मलर खेतमै लडे । समयमै उपचार गरेको भए बाँच्न पनि सक्थे तर गरिबीका कारण मुसहर परिवारले उपचारसमेत गराउन पाएन । कञ्चनरुप नगरपालिकाले तीन साता अघि १५ किलो चामल र १ सय २० रुपैयाँ मात्रै राहत रकम दिएको थियो ।

राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर सदा जोहो गर्न कोदालो लिएर हिँडेका थिए । तर बाटौमै बेहोस भएर लडेका थिए । उपचार गर्न पैसा नभएपछि घरमा राखेकाले उनको गत मंगलबार मृत्यु भएको थियो ।

प्रतिक्रिया