प्रदेश सरकारको दोस्रो चरणको राहत कञ्चनरुपमा काॅग्रेसका वडाअध्यक्षले बुझे,नेकपाका वडाध्यक्षद्धारा अस्वीकार

  • जेष्ठ १0, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ १० गते । प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत वडा कार्यालय मार्फत वितरढा गर्ने भनिएको राहत कञ्चनरुप नगरपालिकाका ६ वटा वडाले मात्र बुझेको छ ।

राहत बुझेकामध्ये वडा नम्बर १० र ५ले वितरण समेत सुरु गरेका छन् । प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यलय मार्फत राहत सामग्री खरीद गरेर प्रत्येक वडा कार्यलयमा बुझाउदै आएको छ । कञ्चनरुप नपाका वडा नम्बर १,२,३,५,६ र १० ले प्रदेशबाट पठाएको राहत बुझेका छन् ।

सप्तरी जिल्लामा प्रति वडा ५९ वटा प्याकेटका दरले राहत वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यलय सप्तरीका प्रमुख संन्तोष साहले बताए । प्रदेश सरकारको राहत प्याकेटमा प्रति मन्सुली चामल २५ किलो,मसुरो दाल २ किलो,खाने तेल १ लिटर,नुन १ किलो,सोयाबिन आधा किलो र हातधुने साबुन १ पिस रहेको छ ।

पलिका प्रमुखहरुले आवश्कताभन्दा थोरै राहत प्याकेट पठाएको भन्दै नबुझन वडाअध्यक्षहरुलाई निर्देशन दिएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले पनि प्रदेशको राहत नबुझन वडाअध्यक्षहरुलाई निर्देशन दिएका थिए । तर ६ वटा वडाले राहत बुझेका छन् । राहत बुझेका ६ वडामध्ये ५ वटा वडामा नेपाली काग्रेसबाट निर्वाचित वडाअध्यक्ष छन् भने एक जना तत्कालिन माओवादी पार्टीबाट निर्वाचित ।

तत्कालिन एमाले पार्टीबाट निर्वाचित वडा नम्बर १२,९,८ र ४का वडाअध्यक्षले राहत बुझेका छैनन् । वडा नम्बर ४का वडाअध्यक्ष रामनारायण साहले वडामा गरिवको संख्या धेरै भएको तर राहत प्याकेट कम पठाएकाले नबुझेको बताए । वडाअध्यक्ष साहले भने,‘ नगरप्रमुखले पनि राहत नुबझन भने,थारै राहत बुझेर वितरण गर्दा बिबाद बढी हुने भएकोले पनि मैले राहत बुझिन ।’ कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका मलर सदाको गत मंगलबार गरिवीका कारण खान नपाएर ज्यान गुमाएका थिए ।

प्रतिक्रिया