कञ्चनपुर,जेष्ठ १० गते । दुई साता अघि जग्गा विषयमा झगडा हुदा घाईते भएका सप्तरी महदेवा गाउँपालिका १ बस्ने बर्ष ८० को सुबिलाल यादवको उपचारका क्रममा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गत बैशाख २३ गते सुबिलाल यादवको जग्गा जमिनको विषयमा छिमेकीसाग विवाद भएको थियो । यादबलाई छिमेकीले कुटपिट गर्दा टाउको र खुट्टामा चोट लागि गजेन्द्र नारायाण सिंह सगरमाथा अंचल अस्पताल राजबिराजमा उपचार गराई बैशाख २७ गते डिस्चार्ज भई घर मै औषधी उपचार गराई रहेको थियो ।
प्रहरीका अनुसार बिहीबार यादबको मृत्यु भएपछि पोष्ट मार्टमको लागिगजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजबिराज लगिएकोमा उक्त अस्पतालबाट रिफर भई मृतकको लास लाई पोष्ट मार्टमको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ ।
प्रतिक्रिया