कञ्चनपुर,जेष्ठ १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ११ की एक २४ वर्षीया एक गर्भवती महिलाको मंगलबार विहान संकास्पद रुपमा मृत्यु भएपछि स्वाब संकलन परीक्षणका धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
स्थानीयका अनुसार ती महिलालाई १५÷२० दिनभन्दा बढी समयदेखी ज्वरो आएको थियो । ४ महिना कि गर्भवत्ति ती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको कञ्चनरुप नपा–११ स्वास्थ्य चौकीका प्रमखु लालबाबु राउतले बताए । मृतम महिला स्वास्थ्य चौकी प्रमुख राउतको छिमेकी हुन् ।
‘ गर्भवत्ति ती महिला स्वास्थ्य चौकीले संचालन गरेको खोप लिन केही समय पहिले आएको थियो । मेरो घर नजिकै भएपनि ती महिलालाई ज्वरो आएको वा विरामी भएको थाह भएन ।’ स्वास्थ्य चौकी प्रमुख राउतले भने,‘ दुई दिनदेखी सास्स फेर्न गाह«ो भएको र पखाला समेत लागेको बुझिएको छ ।’ सुरुमा ज्वरो आएपछि ती महिलालाई अटो रिक्सा भाडा गरेर गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि लगेको खुलेको छ ।
स्वास्थ्य चौकी प्रमुख राउतका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । पहिलो पटक जुमल्याहा सन्तानकी आमा ती महिला दोस्रो पटक गर्भवती भएकी थिइन् ।
कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहँदा उनको मृत्यु भएकोले उनको स्वाब संकलन गरि परिक्षणका लागि धरान पठाइएको छ । मृतक महिलाको दाह संस्कार रिर्पोट आएपछि गर्ने कि मापदण्ड अनुसार पहिले गर्ने विषयमा कञ्चनरुप नगरपालिकामा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र नगरप्रमुख सहितको बैठक बसीरहेको छ । प्रहरीले उक्त गाउँलाई शिल गरेको छ । मृतकका परिवार समान्य खेतीपाती गरेर जिविका चलाउँदै आएका थिए ।
प्रतिक्रिया