‘होम क्वारेन्टाइन’मा मृत्यु भएकी महिलाको शव मापदण्ड अनुसार व्यवस्थापन गरिने,संलग्नलाई सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय

  • जेष्ठ १३, २0७७
  • 0
...

कञ्चनपुर, जेष्ठ १२ गते । कञ्चनरुप नगरपालिकाको कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी नगरस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले कञ्चनरुप ११ गोरपारमा मृत्यु भएकी महिलोको मापदण्ड अनुसार शव व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक नगरप्मुख वसन्तकुमार मिश्रको अध्यक्षमा बसेको बैठकले मृतक महिलामा कोरोना रोग संगको सम्बन्धित लक्ष्ण देखापरेकोले निजको शव व्यवस्थापनको लागि चार जना व्यक्तिहरुलाई व्यक्तिगत सुरक्षा सामग्री(पिपिइ) लगायत अन्य सामग्री नगरपालिकाबाट उपलब्ध गाराएर संस्कार गर्न दिने निर्णय गरेको छ ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संषिप्त कार्यविधि २०७६ अनुसार दाह संस्कार गर्न दिइने निर्णय भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामशेवक यादबले बताए । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सिनियर अहेब डम्बर प्रसाद गुप्ताका अनुसार शव व्यवस्थापन कार्यक्रमा संलग्न सम्मपूर्ण व्यक्तिहरुलाई ‘सेल्फ क्वारेन्टाइन’मा राख्ने र सोको सम्मपूर्ण व्यवस्थापन गर्ने जिम्मा नगरस्तरीय (सिआइसिटि) टिमलाई दिने निर्णय गरिएको छ । कञ्चनरुप नगरपालिका ११ की एक २४ वर्षीया एक गर्भवती महिलाको मंगलबार विहान संकास्पद रुपमा मृत्यु भएपछि स्वाब संकलन परीक्षणका धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

स्थानीयका अनुसार ती महिलालाई १५÷२० दिनभन्दा बढी समयदेखी ज्वरो आएको थियो । ४ महिना कि गर्भवत्ति ती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको कञ्चनरुप नपा–११ स्वास्थ्य चौकीका प्रमखु लालबाबु राउतले बताए । मृतम महिला स्वास्थ्य चौकी प्रमुख राउतको छिमेकी हुन् । ‘ गर्भवत्ति ती महिला स्वास्थ्य चौकीले संचालन गरेको खोप लिन केही समय पहिले आएको थियो । मेरो घर नजिकै भएपनि ती महिलालाई ज्वरो आएको वा विरामी भएको थाह भएन ।’ स्वास्थ्य चौकी प्रमुख राउतले भने,‘ दुई दिनदेखी सास्स फेर्न गाह«ो भएको र पखाला समेत लागेको बुझिएको छ ।’

सुरुमा ज्वरो आएपछि ती महिलालाई अटो रिक्सा भाडा गरेर गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि लगेको खुलेको छ । स्वास्थ्य चौकी प्रमुख राउतका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । पहिलो पटक जुमल्याहा सन्तानकी आमा ती महिला दोस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहँदा उनको मृत्यु भएकोले उनको स्वाब संकलन गरि परिक्षणका लागि धरान पठाइएको छ ।

प्रतिक्रिया