कञ्चनपुर,जेगठ १३ गते । सप्तरीमा कोरोना भाइरसको संक्रमितको संख्या १५ पुगेको छ । मंगलबार थप ११ जनामा मा कोरोना पुष्टि भएपछि संख्या १५ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना,बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि मंगलबार नै ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २र२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एकरएक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।
प्रतिक्रिया