कञ्चनपुर,जेष्ठ १३ गते । कोरोना भाइरस(कोभिड–१९)का जारी लकडाउनले जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका छन् ।
कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो । कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीका ५१ बर्षिया मलर सदा खानै नपाएर ज्यान गुमाएका छन् । तर नगरपालिकाले मलर सदा रक्सी खाने गरेको र दम्म रोगबाट पिडीत रहेको भन्दै नगरपालिकामा कोही पनि व्यक्ति भोकै बसेको जानकारी दिन नआएको विज्ञप्ति तीन दिन अघि जारी गरेको थियो ।
नगरपालिका भित्रका दलित एवं गरिक बस्तीमा चुल्लहो बन्द छ । छरछिमेकबाट पनि सहयोग पाउन बन्द भएको अवस्था नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने कुनै तयारी नगरेको थाह पाएपछि वडा नम्बर ८का गरिव,मजदुर र दलित समुदायका महिलाहरुले नगरपालिका घेराऊ गर्दै नाराबाजी गरेका थिए ।
वडा नम्बरको राहत वितरण समितिका सदस्य एंव नेकपाका प्रतिनिधि शोभा पासवानले गाउँमा गरिवहरुको चुल्लहो बन्द भएपनि नगरपालिकाले कोही पनि नागरिक भोकै नभएको झुठो कुरा गरेको भन्दै नगरप्मुख वसन्तकुमार मिश्र समक्ष आक्रोश पोखेका थिए । कञ्चनरुप ८कै भरत पासवानले समेत ८ रुपैया नभएर श्रीमति उपचार गनृ कठिनाई भएको भन्दै प्रहरी मगाए बरु यही मर्ने तर राहत लिएर जाने अडान राखेका थिए ।
कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले आज नगरपालिकाको कार्यपालिका बैठकले दोस्रो चरणको राहतबारे निर्णय गरिने जानकारी गराएका थिए । कार्यलय घेराऊ गर्न गएकाहरुलाई सामुहिक रुपमा सम्बोधन गर्दै भने,‘ कार्यपालिकाको आजैको बैठकबाट राहत वितरणबारे निर्णय गर्छु,तपाईहरुलाई आजै थाह भइहाल्छ ।’ कञ्चनरुप नगरपालिकाको कुल जनसंख्या ५५ हजार २ सय ६६ हो ।
नगरभित्र कूल ११ हजार ४६ घरधुरी छ । कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ले ८ सय ९६ परिवार, वडा नम्बर २ले ६ सय ६७ परिवार,वडा नम्बर ३ले ४ सय ३२ परिवार,वडा नम्बर ५मा ७ सय ३७ परिवार, वडा नम्बर ६मा ६ सय १६ परिवार, वडा नम्बर ७ मा ३ सय २ परिवार, वडा नम्बर ८मा ४ सय ६८ परिवार, वडा नम्बर ९मा ५ सय परिवार, वडा नम्बर १०मा ४ सय ५२ परिवार र वडा नम्बर१२५मा २ सय ८५ परिवारलाई राहत वितरण गरेको थियो ।
प्रतिक्रिया