कञ्चनरुप नगरपालिका ११ की मृत्यु भएकी गर्भवती महिलाको पिसिआर रिर्पोट नेगेटिभ

  • जेष्ठ १४, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ १४ गते । कञ्चनरुप नगरपालिका ११ की मृत्यु भएकी २४ वर्षीया एक गर्भवती महिलाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना रोग संगको सम्बन्धित लक्ष्ण देखापरेकोले मंगलबार विहान संकास्पद रुपमा मृत्यु भएपछि ती महिलाको स्वाब संकलन परीक्षणका धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा रिर्पोट नेगेटिभ आएका कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामशेवक यादबले बताए ।

मंगलबार कञ्चनरुप नगरपालिकाको कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी नगरस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले कञ्चनरुप ११ गोरपारमा मृत्यु भएकी महिलोको मापदण्ड अनुसार शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

स्थानीयका अनुसार ती महिलालाई १५÷२० दिनभन्दा बढी समयदेखी ज्वरो आएको थियो । ४ महिना कि गर्भवत्ति ती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको थियो । सुरुमा ज्वरो आएपछि ती महिलालाई अटो रिक्सा भाडा गरेर गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि लगेको खुलेको छ ।

स्वास्थ्य चौकी प्रमुख राउतका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । पहिलो पटक जुमल्याहा सन्तानकी आमा ती महिला दोस्रो पटक गर्भवती भएकी थिइन् ।

प्रतिक्रिया