जनता भोकले मरेपछि कञ्चनरुप नपाद्धारा राहतका लागि ७० लाख एक हजार रुपैया बिनयोजन

  • जेष्ठ १४, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ १४ गते । कोरोना भाइरस(कोभिड–१९)का जारी लकडाउनले एक जना नागरिक भोकले मरीसकेपछि बल्ल कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहतका लागि ७० लाख लाख एक हजार रुपैया विनयोजन गरेको छ ।

कञ्चनरुप नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले उक्त रकम विनयोजन गरेको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत नवराज खड्काले बताए । ‘ राहत वडा कार्यलय मार्फत नै वितरण हुन्छ तर यस पटक तीन पुस्ते विवरण भर्न लगाइन्छ ।’ प्रमुख प्रशाकीय अधिकृत नवराज खड्काले भने,‘ वडा कार्यालयले तयार गरेको सूचि र छुट भएका सूचि समावेश गरेर राहत वितरण गर्ने तयारी गरेका छौं ।’ 

जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका थिए । कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीका ५१ बर्षिया मलर सदा खानै नपाएर ज्यान गुमाएका छन् । तर नगरपालिकाले मल सदा भोकले नभई रोगले मरेको दावी गरेका थिए । कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक  मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो । नगरपालिका भित्रका दलित एवं गरिक बस्तीमा चुल्लहो बन्द छ । छरछिमेकबाट पनि सहयोग पाउन बन्द भएको अवस्था नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने कुनै तयारी नगरेको थाह पाएपछि वडा नम्बर ८का गरिव,मजदुर र दलित समुदायका महिलाहरुले नगरपालिका घेराऊ गर्दै नाराबाजी गरेका थिए ।

कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले राहतका लागि घेराऊ गर्न पुगेकालाई कार्यपालिका बैठकले दोस्रो चरणको राहतबारे निर्णय गरिने जानकारी गराएका थिए । कञ्चनरुप नगरपालिकाको कुल जनसंख्या ५५ हजार २ सय ६६ हो । नगरभित्र कूल ११ हजार ४६ घरधुरी छ ।  यसअघि कञ्चनरुप नगरपालिकाका कार्यपालिका बैठकले राहत वितरणका लागि ४३ लाख एक हजार र प्रदेश २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा ५८ लाख एक हजार रकम बराबरको राहत वितरण  गर्ने निर्णय गरेको थियो ।

कञ्चनरुप नगरपालिकाको वडा नम्बर ले ८ सय ९६ परिवार, वडा नम्बर २ले ६ सय ६७ परिवार,वडा नम्बर ३ले ४ सय ३२ परिवार,वडा नम्बर ५मा ७ सय ३७ परिवार, वडा नम्बर ६मा ६ सय १६ परिवार, वडा नम्बर ७ मा ३ सय २ परिवार, वडा नम्बर ८मा ४ सय ६ परिवार, वडा नम्बर ९मा ५ सय परिवार, वडा नम्बर १०मा ४ सय ५२ परिवार र वडा नम्बर१२५मा २ सय ८५ परिवारलाई राहत वितरण गरेको थियो ।

प्रतिक्रिया