कञ्चनपुर,जेष्ठ १४ गते । प्रदेश २मा बुधबारसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३२४ पुगेको छ । देशभरीमा बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा प्रदेश २मा एकै दिन थप ४५ जना थपिएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार विभिन्न जिल्लामा गरी ११४ जनामा संक्रमण देखिएको हो। योसहित नेपालमा संक्रमित हुनेको ८८६ संख्या पुगेको समेत प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्। नेपालमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ८३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हाल नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा गरी ७० हजार भन्दा बढी मानिस छन्।
नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् भने कोशी अस्तपालका बाट ४ जना डिस्चार्ज भएका छन्। बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको हो ।
प्रतिक्रिया