राजविराज,जेठ १६ गते । रुकुम र रुपन्देही घटनाका दोषीलाई कार्वाहीको माग गर्दै सप्तरी स्थित दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी सप्तरी मार्फत गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान,मञ्चका अध्यक्ष युक्तिलाल मरिक, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विद्यानन्द राम, दलित अधिकारकर्मी एवं पत्रकार राजकुमार पासवान दलित अधिकारकर्मी एवम् पत्रकार राजु विश्वकर्मा र नेपाल राउत मेहतर उत्थान समाजका अध्यक्ष मनोज राउत मेहतर लगायतले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र पठाएका हुन् ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार आफ्नी प्रेमिकालाई लिन त्यस रात साथीहरूका साथ चौरजहारी–८, सोती पुगेका जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथै सँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवताविरोधी यस हत्याकाण्डको घोर निन्दा तथा भत्र्सना गरिएको छ ।
सो ज्ञापनपत्रमा चौरजहारी नगरपालिका–८निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाँजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुन ेक्रममा यही २०७७ जेष्ठ १० गते सामुहिक हत्या गरिएको ज्ञापनपत्रमा दावी गरिएको छ । यसैगरी रुपन्देही जिल्लाको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरले बलात्कार गरेको स्थानीय भनाई छ । तर शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेलाले बालिकामाथि अन्याय भएको भन्दै वीरेन्द्रलाई नै सजायस्वरूप बालिकालाई श्रीमती स्विकार्नुपर्ने जिम्मा लगाए । बलात्कारीकै जिम्मा दिएको अर्को्दिन नजिकैको खरबारीमा मृत भेटिएको घटनाप्रति समेत आफुहरुको गम्भिर ध्यानकषर्ण भएको भन्दै दोषीलाई कडा कार्वाही गर्न माग गरिएको छ ।
प्रतिक्रिया