क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीमाथि निर्घात कुटपिट,एक पक्राउ

  • जेष्ठ १७, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ १७ गते । कञ्चनरुप नगरपालिका –१ वैरवाको लक्ष्मीनारायण माबिमा स्थित क्वारेन्टाइनमा केही स्थानीय र क्वारेन्टाइनमा बसेकाले प्रहरीलाई कुटपिट गरेका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिसँग टासिएर कुरा गरिरहेका ४÷५ जना यूवाहरुको समूहलाई टाढाबाट कुरा गर्न प्रहरीले भनेपछि उनीहरु प्रहरीलाई कुटपिट गरेका हुन् । आक्रमणमा परि क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका कमलेश साह कानूको दाहिने खुट्टा भाचिएको छ । ‘ ४÷५ जना व्यक्ति आएर क्वारेन्टाइनमा बसेकाहरुसँग कुरा गर्दै थियो । मैले अलि टाढाबाट कुरा गर्नुस न भन्दा म माथि सबै आक्रण गरे । ’ कुटाई खाएका प्रहरी जवान कानूले भने,‘ बाँसको फाँटाले हिर्काउदा दाहिले खुट्टा र गाला समेत सुनिएको छ ।’

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा राखेपनि आफन्त तथा साथीभाईहरु आएर अनावश्यक भिडभाड गर्ने गरेका छन् । कुटाई खाएका प्रहरीलाई स्वास्थ्य उपचार गर्न लगिएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले बताए । कुटपिटबाट घाइते भएका प्रहरीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर पु¥र्याइएको छ ।

ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका सुरक्षाकर्मीमाथि भएको कुटपिटको हुन दुःखद भएको भन्दै इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले घटना संलग्नमध्ये एक जनालाई पक्राउ गरेको बताए । नगरपालिका भित्रका प्राय ः सबै क्वारेन्टाइनमा भिडभाड हुने गरेका छन् ।

नगरपालिकाले बनाएको उक्त क्वारेन्टाइनमा भारतबाट फर्केका ३१ जनालाई राखिएको छ भने नगरभित्र १सय १४ जना क्वारेन्टाइनमा रहेको सह–संयोजक गुप्ताले बताए ।

प्रतिक्रिया