खान नपाएर जनता मरेको कञ्चनरुप नपा–५मा राहत वितरणको फारम भर्न जनप्रतिनिधिद्धारा २५ रुपैया असुली

  • जेष्ठ १८, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ १८ गते । खानै नपाएर मान्छे मरेको कञ्चनरुप नगरपालिका वडा नम्बर ५मा दोस्रो चरणको राहतका लागि फारम भर्ने भन्दै जनप्रतिनिधहरुद्धारा नै गैर कानूनी रुपमा २५ रुपैया असुल गरेको पाइएको छ ।

कोरोना भाइरस(कोभिड–१९)का जारी लकडाउनले एक जना नागरिक भोकले मरीसकेपछि बल्ल कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहतका लागि ७० लाख लाख एक हजार रुपैया विनयोजन गरेको छ । दोस्रो चरणको राहतका लागि तीन पुस्ते खुल्ने विवरण नगरपालिकाले छपाई गरेर वडा कार्यलयहरुलाई जिम्मा लगाएको छ । वडा नम्बर ५ले ती फारम वडासदस्य र केही ‘बुद्धिजिवी’लाई भर्न लगाएर असुली धन्दा सुरु गरेको हो ।

अवलोकित दैनिकलाई प्राप्त भिडियोमा वडा नम्बर ५ पिप्रपूर्वका मुसहर बस्तीमा फारम भर्नेले २५ रुपैया लाग्ने र पैसा दिएको प्रष्ट देखिन्छ । फारम भरेवापत पैसा लिएको कुरा वडा सदस्य रामफल मुखियाले एक दर्जन व्यक्ति सामू स्वीकार गरेको भिडियो समेत अवलोकित दैनिकसँग सुरक्षित छ । शनिबार वडा नम्बर ५ पथरी रामपुर स्थित मलर सदाको टोलमा राहत वितरण कार्यक्रममा आएको बेला वडासदस्य मुखियाले फारम भर्न दिनभरी खट्नेहरुलाई चिया–खाजा खर्च वापत २५ रुपैया लिनु परेको जानकारी स्थानीय सहित विभिन्न दलका प्रतिनिधि समक्ष बताएका थिए ।

‘ वडा कार्यलयले हामी सदस्य फारम भर्न जिम्मा दिएको छ,तर केही सुविधा दिदैनन्,दिनभरी काम गरेपछि चिया खाजा खान प¥यो । वडा सदस्यहरु पढेलेखेको छैन । अरु व्यक्तिलाई फारम भर्न लगाउँनु पर्छ । अरुले सित्तैमा काम गरिदिदैनन्,त्यही भएर २५ रुपैयासम्म सहयोग लिएका छौं ।’

वडा सदस्य मुखियाले नहुनेले १० रुपैया दिएपनि फारम भरिदिएको सार्वजनिक रुपमै स्वीकार गरेका छन् । वडा कार्यालयको ५ टोलमा सयौं व्यक्तिहरुसँग यस्ता रकम असुल गरिएको छ । विपक्षी दलका प्रतिनिधिहरुले पत्रकारलाई टोल–टोलमै लगेर रिर्पोटिङ्ग गर्न लगाउने भएपछि वडा अध्यक्ष कैलाश साह सहित सदस्यहरुले पैसा लिएकाहरुलाई लिएको पैसा फिर्ता गरिदिने तर पत्रकार समक्ष नभनिदिन हात जाड्दै हिडेको स्थानीयले बताएका छन् ।

वडा नम्बर ५का राहत वितरण समितिमा नेकपाबाट सदस्य रहेका भोलानाथ चौधरीले सयौं व्यक्तिसँग रकम असुल गरेको थाह पाएपछि आपूmहरुले विरोध गरेको बताए । ‘ जनतालाई नून र भात खान पैसा छ्रैन । खान नपाएर मलर सदाको ज्यान गएको छ,त्यहाँका जनप्रतिनिध लाजशरम सबै पच्चाएर कसरी पैसा असुल गरेको छ,जुन निन्दनीय र दण्डनीय समेत छ ।’

यसअघि समाजवादी पार्टीबाट वडाको रातह वितरण समितिका सदस्य रामेश्वर सरदारका अनुसार मुसहर समुदायका व्यक्ति ज्याला गरेर ल्याएको धान बेचेर फारम भर्न लाग्दा आपूmले रोकेको बताए ।उनले भने,मेरै गाउँमा फारम भर्न बनी गरेर ल्याएको धान बेच्चन जादा रोके । बरु पैसा तिर्नु परे म तिरिदिन्छु । ’ वडा नम्बर ५का वडाअध्यक्ष कैलाश साहले वडा सदस्य र गाउँका बुद्धिजिवी मार्फत फारम भर्न लगाएको बताए । ‘वडा कार्यलयमा भिडभाड हुन्छ,त्यसैले गाउँका केही बुद्धिजीवी र वडासदस्य मार्फत फारम भर्न लगाइएको हो ।

तर पैसा लिएको कुरा मलाई जानकारी भएन ।’ वडा कार्यलयले कर्मचारी खटाएर गर्नु पर्ने काम बुद्धिजिवी र निरीक्षर वडासदस्यलाई कसरी जिम्मा दिनु भयो ? भन्ने प्रश्नको जवाफ भने वडाअध्यक्ष साहले दिन सकेनन् । जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका थिए ।

कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीका ५१ बर्षिया मलर सदा खानै नपाएर ज्यान गुमाएका छन् । तर नगरपालिकाले मल सदा भोकले नभई रोगले मरेको दावी गरेका थिए । कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो । नगरपालिका भित्रका दलित एवं गरिक बस्तीमा चुल्लहो बन्द छ ।

छरछिमेकबाट पनि सहयोग पाउन बन्द भएको अवस्था नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने कुनै तयारी नगरेको थाह पाएपछि वडा नम्बर ८का गरिव,मजदुर र दलित समुदायका महिलाहरुले नगरपालिका घेराऊ गर्दै नाराबाजी गरेका थिए । कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले राहतका लागि घेराऊ गर्न पुगेकालाई कार्यपालिका बैठकले दोस्रो चरणको राहतबारे निर्णय गरिने जानकारी गराएका थिए । कञ्चनरुप नगरपालिकाको कुल जनसंख्या ५५ हजार २ सय ६६ हो । नगरभित्र कूल ११ हजार ४६ घरधुरी छ ।

फोटो क्याप्सन : १.कञ्चचनरुप–५प्रिप्रपूर्वको मुसहरबस्तीमा फारम भर्दै । २.फारम भर्न पैसा लिएर पालो कुर्दै एक महिला । ३.वडा सदस्य रामफल मुखिया दलका प्रतिनिधिसँग पैसा लिनुका कारण बताउँदै । ४.दुई साता अघि खान नपाएर मृत्यु भएका मलर सदाको लाश कुरेर बस्दै पत्नी जलेश्वरी सदा ।nbsp;

प्रतिक्रिया