चौरजहारी घटनाले सिंगो राष्ट्रलाई लज्जित बनाएको छ : प्रदेश प्रमुख परियार

  • जेष्ठ २१, २0७७
  • 0
...

प्रदेश २ का प्रमुख तिलक परियारले चौरजहारी घटनाले सिंगो राष्ट्रलाई लज्जित बनाएको जनाएको छ । 

हेर्नुहोस् प्रदेश प्रमुख परियारकाे शुभकामना सन्देश

चौधौं ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस (२१ जेष्ठ) का सन्दर्भमा बुधवार जारी शुभकामना संदेश मार्फत सो कुरा जनाइएको हो । शुभकामना संदेशमा भनिएको छ, “यही जेष्ठ १० गते पश्चिम रुकुम जिल्लाको चौरजहारीमा जातीय विभेद र छुवाछूतकै कारण ६ जना युवाहरूको हत्या गरिएको घटनाले  सिङ्गो राष्ट्रलाई लज्जित बनाएको छ । सो घटनामा मृत्युवरण गरेका युवाहरूप्रति भावपूर्ण  श्रद्धान्जली अर्पण गर्दछु ।” 

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले घटनाका दोषीहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउन तथा मृतकहरूको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि नेपाल सरकारले कुनै कसर बाँकी राख्नैछैन भन्नेमा आशावादी रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया