राजगढ तथा बिष्णुपुर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई पीपीई सम्बन्धि अभिमुखिकरण

  • जेष्ठ २२, २0७७
  • 0
...

सप्तरी(राजगढ) जेष्ठ २१ गते । कोभिड‐१९ महामारीलाई नियन्त्रण तथा रोकथाम स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउने विधि,प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएका छन् । 

युरोपियन यूनियनको आर्थिक सहयोग आसमान नेपालको अगुवाईमा सञ्चालित “समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको प्रवद्र्धन“ नागरिक परियोजना अन्तर्गत दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा राजगढ  राजगढ  बिष्णुपुर र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई भौतिक दुरीलाई कायम गरी गत जेष्ठ १३ गते मंगलबार राजगढ गाउँपालिकाको स्वास्थ्य शाखाको प्राङ्गनमा तथा गत जेष्ठ १४ गते बुधबार बिष्णुपुर गाउँपालिकाको सभाहलमा दुवै पालिकाका स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत संरक्षण उपकरण उपयोग बारे जानकारी,पीपीईको प्रभावकारी प्रयोग,स्वास्थ्य सेवामा प्रयुक्त पीपीईका प्रकारहरू तथा पीपीईको सम्बन्धी सामान्य विचारहरु जस्तै : हात अनुहारबाट टाढा राख्ने,सीमित सतहहरु छोइने,फाटिएको वा भारी दूषित हुँदा परिवर्तन गर्नुपर्ने एंव (पीपीई) लगाउने र फुकाल्ने विधि,प्रक्रिया सम्बन्धि अभ्यास गरेका थिए । 

पीपीई अभ्यास पछि राजगढ गाउँपालिका स्वास्थ्य चौकी नर्घोका अनमी लक्ष्मीयादव भनिन्‐ हामीलाई पीपीई सम्बन्धी धेरै जानकारी थिएन् यो अभ्यासबाट धेरै कुराहरु थाहा पाईयो । उनी भनिन् प्रशिक्षणकै बेला म आफैं प्रत्यक्षरुपमा अभ्यास गर्दा खुशी महशुस गदैं प्रशिक्षण गराउने आयोजक दलित सरोकार मञ्च सप्तरीलाई धन्यवाद व्यक्त गरिन् । यसै गरि अर्का सहभागि बिष्णुपुर गाउँपालिका ७ स्थित ईटहरी बिष्णुपुर स्वास्थ्य चौकी ल्याब एसिस्टेन्ड राजेश यादव ले अभिमुखिकरणले पीपीईको प्रयोग र डिस्पोजल सम्बन्धि स्वास्थ्यकर्मीको सिप अध्यावधिक गरिनुका साथै यसको उचित प्रयोग गर्ने क्षेत्र र पीपीई ल्गाउने तरिका अभिमुखिकरण दिई डिमोन्स्ट्रेसन गराईएकोमा थप सिप हाशिल भएको बताए । 


उक्त अभिमुखिकरण कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंजितजंग अधिकारी,स्वास्थ्य संयोजक ध्रुवनारायाण देव र राजगढ गाउँपालिकाका अध्यक्ष परमान्नद यादव,स्वास्थ्य संयोजक रामचन्द्र यादव , स्वास्थ्य संयोजक,स्वास्थ्य चौकी ईन्चाज,स्वास्थ्यकर्मी एंव अनमी लगायतका कर्मचारीहरुको सहभागिता रहेका थिए । सो पीपीई अभिमुखिकरण कार्यक्रममा सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका ईन्चार्ज एंव मेडिकल अधिकृत संजिब कुमार झाले सहजीकरण गरिएको दलित सरोकार मञ्च नेपाल सप्तरीका जिल्ला संयोजक राजकुमार पासवानले बताए । 
 

प्रतिक्रिया