सप्तरी जेठ २२ गते । सप्तरीमा विहीबार १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टिसँगै संक्रमित संख्या ६९ पुगेको छ । हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ पाईएको हो ।
हालसम्मको प्राप्त विवरण अनुसार बर्साइन नगरपालिकामा १९, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालिनी नगरपालिकामा ६, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, बलान विहुल गाउँपालिकामा ४, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।
पहिलो कोरोना संक्रमित डिस्चार्ज :
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षीय मो. नसिम पहिलो कोरोना संक्रमित युवा बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
देशभरमा थप ३३४ :
नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यससँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन् । यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो । भारतीय सीमावर्ती जिल्लासँग सीमानाका जोडिएको प्रदेश २ कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६१ पुगेको छ। प्रदेशका ८वटै जिल्ला कोभिड १९ को चपेटमा छन् । संक्रमण बढ्दै गएपनि परीक्षणको दायरा घट्दो छ।
थप एक जनाको मृत्यु :
कोभिड–१९ का कारण थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन्। उनी भारतबाट फर्किएका पाल्पाका पुरुष हुन्।
नेपालमा कोरोनाभाइरसबाट ’२५ हजार व्यक्ति सङ्क्रमित हुन सक्ने’ नेपालमा किन चित्तबुझ्दो गतिमा कोरोनाभाइरस परीक्षण हुन सकेको छैन । उनको जेठ २० गते मृत्यु भएको डा. देवकोटाले बताए ।
प्रतिक्रिया