नियमबिपरीत काम गरेको भन्दै कञ्चनरुप–४का वडाअध्यक्षलाई पदबाट बर्खास्त गर्न माँग

  • जेष्ठ २४, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ २३ गते । कञ्चनरुप नगरपालिका–४ बजार स्थित राधा कृष्ण मन्दिर व्यवस्थापन समितिले वडा नम्बर ४का वडअध्यक्ष रामनारायण साहले नियम बिपरीत उपभोक्ता समिति गठन गरको भन्दै कार्यवाहीका लागि निवेदन दिएको छ ।

समितिका अध्यक्ष सचिन कुमार साह,सचिव शशिकुमार साह र कोषाध्यक्ष घनश्याम रौनियारले शुक्रबार नगरपालिकाको कार्यालयमामा वडाअध्यक्षलाई कार्यवाहीको माँग गर्दै निवेदन दिएको हो ।
मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले निवेदनमा वडाअध्यक्ष साहले कसैलाई कुनै कुरा थाह हुन नदिई गुपचुप रुपमा उपभोक्ता समिति निमार्ण गरी नियम बिपरीत कार्य गरेको आरोप लगाएका छन् । मन्दिर व्यवस्थापन समितिले वडाबाट दर्ता सिफारिस लिएर जिल्ला प्रहरी प्रशासन कार्यलयमा दर्ताको अन्तिम प्रक्रियामा रहेको,वडा कार्यलयले समितिलाई मन्दिर मर्मत सम्भारका लागि बजेटका लागि नगरपालिकामा सिफारिस समेत दिएको अवस्थामा नगरपालिकाबाट आएको बजेट खर्च गर्न कानून विपरीत समिति बनाएर कलह सिर्जृना गर्न खोजेको आरोप समितिका पदाधिकारीहरुले लगाएका छन् ।

निवेदनमा भनिएको छ,‘वडाअध्यक्षलाई अबिलम्ब यस कार्यलयमा झिकाई समाजमा कलह सिर्जना गरि गराएको हुदाँ स्थानीय सरकार संचालन ऐन २०७४को दफा ४७काृ उपदफा २ बमोजिम कर्तव्य पालना नगरी मेल मिलापबाट कार्य भइरहेको भंग गरी गराएको हुदाँ आवश्यक कार्यवाही गरी वडा कार्यालयबाट कुनै सिफारिस राधा कृष्ण मन्दिरको अर्को सिफारिस  नगरिनेबारे वञ्चित गरी वडाअध्यक्षबाट पद जफत समेत गरी गराई पाऊँ ।’

यता वडाअध्यक्ष रामनारायण साहले दुवै पक्षलाई बैठक राखेर समितिमा बस्न भन्दा मन्दिर व्यवस्थापन समितिले बस्न अस्वीकार गरेको बताए । ‘ बिबाद भएपछि दुवै पक्षलाई राखेर छलफल गरियो,उहाँहरुको तर्फबाट तीन जना समिति बस्न नाम माग्दा समेत दिएन ।’ वडाअध्यक्ष साहले भने,‘अहिले काम अन्तिम चरणमा पुगेको छ,अनि मलाई कार्यवाहीको माँग गर्दै नगरपालिकामा निवेदन दिएको छ । भोली नगरपालिकामा छलफल छ ।’ कञ्चनरुप नगरपालिकाबाट ९ लाख ९९ हजार ३ सय ४२ रुपैया र जनश्रमदानबाट २ लाख ४२ हजार ३ सय ३५ गरी कूल १२ लाख ४१ हजार ६ सय ७७ रुपैयामा मन्दिरको मर्मत सम्भार हुदैँछ ।

प्रतिक्रिया