कञ्चनपुर,जेष्ठ २३ गते । सप्तरीको महदेवा गाउँपालिका २ अकवरपुरका एक चार बर्षिय बालकको अपहरणपछि हत्या गरिएको छ ।
गत मंगलबार घरबाटै वेपता भएका सूर्यनारायण यादवका छोरा सुधीरको शव घर नजिकै पोखरीमा हत्या गरेर फालेको अवस्थामा फेला परेको हो । मृतक परिवारका अनुसारमा गाउँमा छिमेकीसँग रहेको विवादकै कारण बच्चाको अपहरण गरी हत्या गरेको दाबी गरेका हुन् ।
परिवारजनले बच्चा बेपत्ता भएपछि पोखरीमा डुब्यो वा दुश्मनी राखेकाहरुले पोखरीमा ल्याएर फाल्छ कि भनेर २० गते रातीदेखि २२ गते बिहान ११ बजेसम्म पोखरीमै मृतक बालकका आफन्त परिवारजन कुरेर बसेको थियो ।
तर २२ गते बिहीबार ११ बजे बालक अर्को गाउँमा भेट्यो भनेर हल्ला गाउँमा भएपछि सबै मानिस उतातिर लागेका थिए । सोही क्रममा ४ जना मानिस आएर बच्चालाई मारेर त्यही पोखरीमा फालिएको परिवारजनको अरोप छ ।
बच्चाको अनुहारसहितको भागमा चोट लागेको र गाउँमा विवाद भएकाले अपहरण पछि हत्या भएको परिवारको दाबी छ । मृतक बालकको अनुहारसहितको ठाउँमा चोट रहेकाले धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम पछि आज परिवारले शव बुझेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिक्रिया