जेष्ठ २५ गते । विश्वकर्मा समाज क्यानडाको आर्थिक सहयोगमा ६५ परिवार दलितलाई शनिबार राहत वितरण गरिएको छ । महोत्तरी जिल्लामा मानव अधिकार क्षेत्रमा कार्यरत मानव अधिकारवादी सिजेन्द्र सादा र दलित समुदायका समाज सेवी एवम कानुन व्यवसायि विक्रम पासवानको पहल र विश्वकर्मा समाज क्यानडाको आर्थिक सहयोगमा जलेश्वर न, पा, वार्ड न ३ का ४० घरधुरी मुसहर समुदाय र वार्ड न, २ का २५ घर पासवान समुदायका ६५ जना अति विपन्न परिवारलाई १ लाख ४ हजार वरावरका को खाधान्न राहत सहयोग गरिएको हो ।
राहत बितरण कार्यक्रममा जलेश्वर न.पा २ का वडाअध्यक्ष वरूण दहालले विपतको घडिमा भोका जनतालाई सहयोग गर्ने निकाय विश्वकर्मा समाज र यसका पदाधिकारीहरूलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् । राहत वितरण कार्यक्रममा युवा अभियानी धिरजमणि पासवानको समेत उपस्थिति रहेकोे थियो ।
प्रतिक्रिया