रुकुम घटनाका दोषीलाई कार्यवाहीका गर्न राजविराजमा आन्दोलन

  • जेष्ठ २५, २0७७
  • 0
...

राजविराज,जेष्ठ २५ गते । रुकुम चौरजहारी नगरपालिका सोती घटनाको निष्पक्ष छानवीनका गरी दोषीलाई कार्यवाहीका लागि आईतबार सप्तरीका दलितहरुले आन्दोलन गरेका छन् ।
संयुक्त दलित अधिकार परिषद् सप्तरीले आईतबार राजविराजमा प्रर्दशन गरेका हुन् ।

परिषद्का अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा दर्जनौं दलित अगुवाहरुले राजविराजमा प्रर्दशन गरेका थिए । प्रर्दशनकारीहरुले राजविराजमा परिक्रमा गरी जिल्ला प्रशासन कार्यलय सप्तरी मार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई घटना संलग्नहरुलाई कार्यवाही र पिडीत परिवारलाई क्षतिपूर्तिका लागि अवाज उठाएका थिए । जुलुशमा  राजनीतिक पार्टीका दलित जनवर्गीय संगठनहरु, दलित नागरिक समाज  अगुवाहरुको सहभागिता रहेका थियो ।

प्रतिक्रिया