सप्तरी, जेठ २६ गते । सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिणाममा नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ भारद बस्ने २२ वर्षीय अनिल कुमार मण्डललाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ हजार १ सय ६८ थान र डाईलेक्स डिसी २८ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बा.६७ प ४८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको नाजायज फाईदा उठाई स्वास्थ्यकर्मीको परिचय कार्ड बोकी खद्दन्नको प्लाष्टिकको बोरा मोटरसाइकल पछाडि बाँधेको अवश्थामा चामलको बोराभित्र लुकाएर प्रतिबन्धित लागु औषध ल्याउदै थियो । पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले जनाएको छ ।
प्रतिक्रिया