भोकले ज्यान गुमाएका मलर सदा टोलका ५० सहित ५३ जनालाई राहत वितरण

  • जेष्ठ २७, २0७७
  • 0
...

कञ्चनपुर,जेष्ठ २७ गते । भोखमरीले मरेका कञ्चनरुप नगरपालिका–५ पथरी रामपुर टोलका मलर सदा टोलका ५० सहित ५३ जनालाई मंगलबार राहत वितरण गरिएको छ ।

काठमाडौंका समाजसेवी रतीश सुमन र अच्युत हाडाको सहयोग र नई उम्मिद पत्रिकारको समन्वयमा मलर सदाकी पत्नी जलेश्वरी सदा सहित ९ परिवार सुदा,१७ घर राम समुदाय,१२ घर परिवार सरदार, ३ घर मल्लाह र ८ जना गर्भवत्ति र सुत्केरी महिलालाई राहत वितरण गरिएको राहत वितरण गर्न आएका अभिनव चौधरीले बताए । राहतमा १० केजीख चामल,एक किलो दाल र एक लिटर खाने तेल वितरण गरिएको थियो ।

सुत्केरी तथा गर्भवत्ति महिलाहरुलाई गेडागुडी समेत वितरण गरिएको थियो । गत बैशाख ६ गते खान नपाएर मरेका मलर सदाको मृत्यु भएको थियो । राहत वितरणका गर्न कञ्चनरुप नगरपालिकामा दलित सरोकार मञ्चले सहजीकरण गरेको थियो ।

प्रतिक्रिया