कञ्चनरुप नपामा २२ लाख ३० हजार कृषि अनुदानबारे सूचना लुकाउने प्रयास

  • जेष्ठ २७, २0७७
  • 0
...

 कञ्चनपुर,जेष्ठ २७ गते । कञ्चनरुप नगरपालिकाको कृषि विकाश शाखाले  २२ लाख ३० हजार ५ सय रकमको कृषि अनुदान वितरण गर्नेबारेको सूचना लुकाउने प्रयास गरेको छ । गत वर्ष पनि कृषकहरुका लागि आएको अनुदानबारेको सूचना लुकाइएको थियो । अन्तिम समयमा अवलोकित दैनिकले सूचनाबारे समाचार लेखेपछि वास्तविक कृषकहरुले जानकारी पाएका थिए ।

८५ प्रतिशत अनुदानमा कृषि योग्य जमिनमा सिंचाई स्यालो ट्युवेल जडान गर्न  आएको १२ लाख, कुलो–पैनी मर्मत सम्भार कार्यक्रमका लागि आएको ६ लाख ५ हजार ५ सय, ५० प्रतिशत अनुदानमा प्लाष्टिक घर निमार्णका लागि आएको ए लाख २५ हजार रकम, र सर्शततर्फ  ८५ प्रतिशत अनुदानमा भकारो सुधार कार्यक्रमका लागि आएको ३ लाख रकम अनुदानबारे सूचना लुकाउने प्रयास भएको छ ।

मंगलबार अवलोकित दैनिकले नगरपालिका समाजिक शाखा संयोजक राजेश यादबलाई सूचनाबारे खोजीनीति गरेपछि मात्रै सूचना नगरपालिकाको वेवसाइटमा अपलोड गरिएको हो । नेपाल सरकारको सर्शत अनुदानतर्फ आव २०७६÷०७७को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कञ्चनरुप नगरपालिका भित्र अनुदान कार्यन्वयनका लागि १५ दिने सूचना जारी भएको तीन दिनपछि मात्रै नगरपालिकाको वेवसाईटमा राखेको छ ।

कञ्चनरुप नगरपालकाले दुईदिन अघि नै जिल्ला प्रशासन कार्यालय,इलका प्रशासन कार्यलय लगायत जहाँ कृषकहरुको पहुँच छैन ती कार्यलयहरुमा सूचना टाँस गरेर प्रक्रिया पु¥याएको छ । तर स्वयम नगरपालिकाकै वेवसाइटमा समेत सूचना अपलोड नगरी लुकाइएको थियो ।

कृषि विकाश शाखाले गत वर्ष समेत गोठ सधारका लागि प्रदेश सरकारले पठाएको सर्शत अनुदानका लागि आएको अनुदानबारे सूचना लुकाएको थियो । ५० प्रतिशत अनुदानमा धानको बिऊ वितरण गरेको भएपनि के कति परिणाममा धान बिऊ खरिद गरिएको र कति वितरण भएको कुरा पटक पटक अवलोकित दैनिकले तथ्याङ्क मागेपनि शाखाले आलटाल गर्दै आएकोे छ ।

प्रतिक्रिया