हरिनन्द अम्बेडकर
सर्लाही,जेष्ठ २७ गते । रुकुम चौरजहारी नगरपालिका सोती घटना सहित देशभरमा दलितमाथि भइरहेको हत्या र दमनको विरुद्धमा संयुक्त दलित न्यायिक संघर्ष समिती सर्लाहीले मंगलबार दोस्रो पटक प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।
जिल्ला प्रशासन कार्यलय सर्लाही मार्फत संयुक्त दलित न्यायीक संघर्ष समितीले ज्ञापन पत्र बुझाएको हो । रुकुम हत्याकाण्ड ,रुपन्देहीकि अंगिरा पासी हत्याकाण्ड र सिरहाकी रिंकु महराको दोषि लाई सजाय र पिडित लाई क्षतिपूर्ति एवं राजनैतिक दवाव रहित वातावरणमा सबै घटनाको अनुसंधान गर्नका लागि दोस्रो पटक पुन ध्यानाकर्षण गराउन प्रधानमन्त्री लाई ज्ञापन पठाइएको पुर्व सांसद तथा नेता रामपृत पासवानको भनाइ छ । आज दिउँसो सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सिलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा संयोजक राजाराम पासवान,पुर्व राष्ट्रिय सभा सांसद रामपृत पासवान ,बहुजन समाज परिषदका अध्यक्ष हरिनन्दन कुमार रंजन,अधिकारकर्मी प्रवीण पासवान,रुपेन्द्र राम ,पार्वती विश्वकर्मा ,मदन विश्वकर्मा लगायतका अभियन्ताहरुले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया