जनकपुरधाम, ३२ जेठ । धनुषाको सबैला नगरपालिकामा इलाका प्रहरी कार्यलयमा गत जेष्ठ २७ गते मृत भेटिएका शम्भु सादाको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माँग गर्दै आईतबार प्रदेश २का सबै जिल्लामा दलित समुदायले प्रर्दशन गरेका छन् । आन्दोलनलाई थप प्रभावकारी बनाउन सबै जिल्लामा दलित अगुवाहरु छलफल गर्दैछन् ।
धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै मृत भेटिएका शम्भु सदा मुसहरको हत्या भएको भन्दै सप्तरी,सिराहा, धनुषा,मोहोत्तरी, सर्लाही,पर्सामा प्रर्दशन भएको हो । प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका धनुषाका शम्भु सदा मुसहरको मृत्यु प्रकरणलाई लिएर महोत्तरीको जलेश्वर नगरपालिकास्थित वुद्विजिवी चोकमा स्थानिय युुवाहरूले प्रदर्शन गरेका छन् ।
दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र प्रदर्शनका क्रममा प्रहरी दमनमा घाईते भएकाहरुको उपचारको माग गर्दै स्थानिय दलित र गैरदलित समुदायका युवाहरुले आईतबार विहान ८ बजे स्वस्फुर्त प्रदर्शन गरेका आन्दोलनकारीमध्येका एक धिरजमनी पासवानले बताए । आन्दोलनमा दलितसँगै गैर दलित यूवाहरुको पनि उल्लेखनिय सहभागिता रहेको पासवानले बताए ।
रुकुम पश्चिमको सोतीगाउँमा अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकसहितको ६ जना युवाहरुको गाउँहरुले कुटीकुटी हत्या गर्नु,रुपन्देहीमा अंगिरा पासीको बलत्कारपछि हत्या हुनु र धनुषा प्रहरी हिरासतमा रहेका शम्भु सदाको रहस्यमय मृत्यु हुनुले देशमा कानूनी शासनको उपहास हुनुका साथै न्याय मरेको भन्दै श्रृखलाबद्ध दलितहरुमाथीको हत्याका घटनाको विरोधमा युवाहरु सडक बन्दाबन्दीको बेला पनि सडक प्रदर्शन गर्न बाध्य हुनु परेको युवाहरु बताउँछन् ।पर्सामा जेठ १३ गते थुनामा रहेका सदाको आत्महत्या नभई हत्या भएको दाबी गदैं सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका दलित युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको न्यायिक छानविन हुनुपर्ने माग राखेका छन् ।
१०१ दलित युवा नेतृत्वद्वारा गरिएको प्रदर्शनमा सहभागीले पिडित परिवारलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर’, ‘आरोपी विरुद्ध मुद्दा दर्ता गर’, ‘जातिय छुवाछूत अन्त्य गर, जातिय विभेद अन्त्य गर, ‘दलितलाई सामाजिक न्याय देऊ’, ‘सामाजिक स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘प्रहरी प्रशासनको दमन बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्डसहित नाराबाजी गरेका थिए ।
धनुषाको सबैला नगरपालिका–१२ बरकुर्बामा बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको जेठ २७ गते इलाका प्रहरी कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएपनि दलित समुदायले त्यसलाई मानिरहेका छैनन् । उनीहरुले प्रहरी कार्यालय भित्रै हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राखेर ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
पीडित परिवारकोतर्फबाट शम्भु सदाको हत्या भएको दावी सहित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साह लगायत ४ जनाविरुद्ध किटानी जाहेरी दिन शनिबार जादा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए ।उनले भने,‘ हामी जिल्ला प्रहरी कार्यालय धनुषाले किटानी जाहेरी दर्ता गर्न मानेका छैनन् । त्यसैले जाहेरी दर्ता गरेर निष्पक्ष अनुसन्धान गर्न दलितहरु थप आन्दोलन गर्नुको विकल्छ छैन ।’
पर्सामा दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामको अगुवाईमा आन्दोलन भइरहेको छ । सर्लाहीमा राजाराम पासवान,हरिनन्द अम्बेडकर र राजेश पासवान लगायतका सयौं अगुवाहरुले दैनिक रुपमा कार्यक्रम गरिरहेका छन् । शनिबार सर्लाहीको बरहथवामा लकडाउनको प्रवाह नगरी सयौं दलित प्रदर्शनमा उत्रेको संर्घष समितिका संयोजक राजाराम पासवानले बताए ।
प्रतिक्रिया