राजकुमार पासवान
कञ्चनपुर, ३ असार । धनुषाको सबैला नगरपालिकामा इलाका प्रहरी कार्यलयमा गत जेष्ठ २७ गते मृत भेटिएका शम्भु सादाको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माँग गर्दै कञ्चनपुर हटियामा विरोध सभा गरेका छन् ।
बुधबार सप्तरी जिल्लाका मुसहर समुदायले विरोध सभा गरेका छन् । धनुषाको सबैला नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै मृत भेटिएका शम्भु सदा मुसहरको हत्या भएको भन्दै सप्तरी,सुनसरी,सिराहा र मोरङ्ग लगायतका मुसहर तथा दलित अगुवाहरुको उक्त विरोध सभामा सहभागिता रहेका थिए ।
धनुषाको सबैला नगरपालिका–१२ बरकुर्बामा बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको जेठ २७ गते इलाका प्रहरी कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सो विरोध सभामा मुसहर समुदायका अगुवा युवा नेता बद्री सदा,गंगा सदा,कञ्चनरुप नगरपालिका वडा नं.८का वडा सदस्य समलु सदा, मुसहर समुदायका अगुवा प्रविन ऋषिदेव,लल्कु सदा,दलित युवा रविन पासवान,धनेश्वर सदा,लागेन सदा, रामनारायण सदा लगायत मुसहर अगुवाहरुकाे साथै सयौं दलित अगुवाहरु उक्त विरोध सभामा शम्भु सादाको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारवाही एवं क्षतिपूर्तीको माँग गरेका छन् ।
प्रतिक्रिया