कञ्चनरुपमा दोस्रो चरणको राहत वितरण सुस्त : १२ ले सक्यो, ८ ले सुरु ग¥यो

  • असार ७, २0७७
  • 0
...

कञ्चनपुर,असार ७ गते । कञ्चनरुप नगरपालिका–८ले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । राहत रकम विनयोजन गरेको महिना दिन वित्नै लाग्दा बल्ल केही वडाले राहत वितरण सुरु गरेको हो ।  दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत आईतबार वडा नम्बर ८मा पर्ने साविक कञ्चनपुर गाविसको वडा नम्बर २,३ र ४ का जनतालाई राहत वितरण गरिएको वडाअध्यक्ष राजकुमार साहले बताए ।

यसअघि शनिबार साविक वडा नम्बर ६,७ र ८ नम्बर वडाका विपन्न परिवारलाई वडा सदस्य संजय पासवानको नेतृतवमा राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्र,वडाअध्यक्ष राजकुमार साह,वडा सदस्य समलु सदा लगायतको सहभागिता रहेको थियो । पहिलो चरणमा ४ लाख ८२ हजार रकममा ४ सय ६८ परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा एक लाख थपेर ५ ला ८२ हजारमा एक हजारभन्दा बढीलाई राहत वितरण गर्ने योजना रहेको वडाअध्यक्ष साहले बताए । राहत लिने लाभाग्रहीको संख्या वृद्धि भएपछि राहतमा १२ किलो ५ सय ग्राम चामल बितरण गरिएको वडाअध्यक्ष साहले बताए ।

 दोस्रो चरणको राहतको लागी नगरपालिकाले ७० लाख एक हजार रकम विनयोजन गरेको छ ।रकम विनयोजन गरेको एक महिना वित्न लाग्दा समेत वडा नम्बर १२,५ र ८ले मात्रै राहत वितरण गरेको छ ।

प्रतिक्रिया