राजकुमार पासवान
कञ्चनपुर,असार ७ गते । कोरोना भाइरस(कोभिड–१९)का कारण जारी लकडाउनको मारमा परेका दुई सय घर दलित समुदायलाई राहत वितरण गरेको छ । दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ले व्योम कुसुमा बुद्धधर्म संघका विध्याधर आर्चाय महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ र ४ मा दुई सय दलित समुदायका मुसहर,राम र पासवान समुदायलाई राहत वितरण गरिएको मञ्चका सुचना अधिकृत सुनिल सरबरियाले बताए ।
कञ्चनरुप न.पा. ४का सुरज रामले भने,कोरोनाको महामारी मञ्चले राहत वितरण गरिए देखि चुल्लो बल्न थाले बताए । लकडाउनका कारणले कुने मजुदरी काम पनि नभए पछि एक हप्ता देखि रोटी खाएर दिन गुजारा गर्दै आएकोे राहत विरतण पछि केही बल्न खाना पाकन थालेको सुरज रामले बताएकञ्चनरुप न.पा. ८ का आनन्दी पासवानले भनीन् रोजीरोटी नपाएर घर चलाउन एवं खाना खान समेत अप्ठ्यारो भईरहेको आबस्थामा राहत दिएकोमा मञ्चका नेतृत्व गर्ने कार्यकारी निर्देशक भोला पासवान लगायत सम्पुर्ण पदाधिकारी एवं कर्मचारी धन्यवाद दिएका छन् ।
दलित अगुवा रविन पासवानका अनुसार लकडाउनका कारण दलितहरुको रोजीरोटी बन्द भएपछि दैनिक रुपमा काम गर्ने समुदायलाई सबभन्दा बढी समस्या परेको बेलामा कञ्चनरुप नगरपालिका विभिन्न संघसंस्थाबाट मुसहर लगायत दलित समुदायलाई राहत वितरण गरेकोमा खुशी व्यक्त गर्दै मञ्चलाई धन्यबाद दिन चाहन्छु ।’ यस अघि पनि दलित सरोकार मञ्चले विभिन्न संघ सस्था र व्यक्तिहरुको सहयोगमा कञ्चनरुप नगरपालिका–५ प्रिप्रापूर्व,हनुमानगर कंकालिनमाई नगरपालिका–१ कोशी ब्यारेज,कञ्चनरुप नगरपालिका–५कै रामपुर पथरी,कञ्चनरुप नगरपालिका–८ र ४का एकल महिला र अपाङ्ग तीन सय ५० परिवारभन्दा बढीलाई राहत वितरण गरेको मञ्चका कार्यक्रम सहायक अनिता कुमारी खंगले बताईन् ।
सो राहतमा उसिना चामल २५ किलो, गहूको पिठो ५ किलो, दाल ३ किलो,सोयाविन ३ किलो,साबुन ४ पिस र नून २ पकेट वितरण गरिएको छ । वडा नम्बर ४को जगतपुरमा ४६ घर र बकालमा १४ घरमा सोयाविन २ केजी वितरण गरिएको थियो ।
प्रतिक्रिया