बिष्णुपुर(सप्तरी) असार १० गते । सप्तरीको बिष्णुपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखि आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३७ करोड २५ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार बिष्णुपुर गाउँपालिकाले गाउँपालिकाको हरेक वडामा कृषि उपज संकलन तथा शीत भण्डारण स्थलको स्थापना,स्थानीय विउविजन जोगाउन कृषि सहकारी मार्फत विउविजन बैंक स्थापना,बैदेशीक रोजगारबाट फर्केका तथा वेरोजगार युवाहरुको तथ्याङ्गक संकलन गरि उनीहरुलाई स्वरोजगारमूलक तालिम र सिपको परिक्षण गरी श्रम बजारमा पठाईने र बैदेशीक रोजगारबाट फर्केका २ सय जना युवाहरुलाई ब्यवसायीक कृषि र स्वरोजगारमूलक उघममा संकलन गराउन सहुलियतपुर्ण कर्जा सुविधा उपलब्ध गराईने,कोरोना भाइरसको महामारी(कोभिड–१९)संक्रमण रोकथाका लागि २ सय जनाको क्वारेन्टाइन तथा ५० जना आइसोलेसन सेन्टर निमार्ण तथा सञ्चालन गर्ने एंव दलित विपन्नलाई चर्पीको निर्माण गर्ने व्यवस्था सम्मको योजना पाचौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समिटिएकोे छन् ।
गाउँपालिकाले आन्तरिक आम्दानी ५५ लाख ५० हजार, संघीय सरकारको वित्तिय समानीकरणबाट ९ करोड ५७ लाख, संघिय सरकारको सशर्त अनुदान १३ करोड ३१ लाखँ प्राप्त हुने जनाएको छ । त्यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरण ६९ लाख ४५ हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, विशेष अनुदानतर्फ ३० लाख, समपूरक अनुदान २० लाख,सामाजिक सुरक्षा भत्ता ५ करोड ५६ लाख,बहुक्षेत्रीय पोषण योजनातर्फ १३ लाख र सौर्यउर्जा कार्यक्रम १० लख १२ हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाले बजेटमा उल्लेख गरेको छ ।
त्यस्तै नेपाल सरकारको राजस्व बाँडफाँटबाट ६ करोड ३ लाख रुपैया प्राप्त हुने गाउँपालिकाको अनुमान रहेको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जानकारी दिए । अध्यक्ष यादवले भने कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न बजेट लगाउनु पर्ने जोड दिए । उनका अनुसार गाउँपालिकाको चालू खर्च ५ करोड ९५ लाख २० हजार, पूँजीगत खर्च ६ करोड २२ लाख ७५ हजार, वडातर्फको चालू खर्च २८ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी बजेटको सिलिङ ४ करोड ९५ लाख सशर्त अनुदान १४ करोड ११ लाख, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ५ करोड ५० लाख तथा बहुक्षेत्रिय पोषण योजनातर्फ १३ लाख र सौर्यउर्जा कार्यक्रम १० लाख ५२ हजार व्ययको अनुमान गरी प्रस्तुत गरिएको प्रमुख प्रशासकिय अधिकृत रंजितजंग अधिकारीले बताए । सो गाउँसभामा बिष्णुपुर गाउँपालिका उपाध्यक्ष जंजीरा देवी यादव,वाड नं ७ का वडा अध्यक्ष विन्देश्वर साह, वडा नं २ का वडा अध्यक्ष भोगेन्द्र प्रसाद यादव, वडा नं.३ का वडा अध्यक्ष रामेश्वर यादव र वडा नं.५ का वडाअध्यक्ष जिवछ मण्डल लगायत वडासदस्यहरुले कृषि तथा कृषकहरुको खाघ उपलब्ध,कृषकको मल व्यबस्थापन संघ संस्थाबाट हुनुपर्ने लगायत आ–आपनो धारणा राखेका थिए । सो गाउँसभा प्रदेश सांसद मो.समिमको प्रमुख अतिथि र गाउँपालिकाको अध्यक्ष लिलाम्बर यादवको अध्यक्षतामा सम्पन्न नीति तथा कार्यक्रममा स्वागत मन्त्वय गाउँपालिकाका कार्यक्रम अधिकृत सुभाष प्रसाद मण्डल एवं कार्यक्रम सञ्चलन स्वास्थ्य शाखा सह संयोजक सुनिल यादवले गरेका थिए ।
प्रतिक्रिया