कञ्चनपुर,असार ११ गते । कञ्चनरुप नगरपालिकाका कर्मचारीले लहानबाट रक्सी खाएर फर्किने क्रममा बुधवार राती कल्याणपुरमा ठक्ककर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिकाको स १झ ४८७ नम्बरको गाडीले राति करिब ९ बजे खड्ग नगरपालिका ७ कल्याणपुरमा पैदल यात्रीद्धय ६५ बर्षिया सुदनी देवी दासर निजका छोरा विरेन्द्र दासलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी तिलक भारतीका अनुसार आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर करिब ५० किलोमिटर भागेको गाडीलाई प्रहरीले भारदहबाट नियन्त्रणमा लिएको डिएसपी भारतीले बताए ।
गाडी चालक कमलेश मुखिया र गाडी प्रहरी नियन्त्रणमा रहेको डिएसपी भारतीले बताए । नगरपालिका स्रोतका अनुसार नगरपालिका लेखाअधिकृत राजेशराज कर्ण राति लहानबाट रक्सी खाएर आउने क्रममा कल्याणपुरमा दुर्घटना भएको हो । दुर्घटना गरेर राजविराजमा लेखाअधिकृत कणंलाई छोडेर चालकले भारदहहुदैँ कञ्चनपुर भागेर आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
भारदहमा प्रहरीले गाडी पक्राउ गर्दा समेत चालक मुखियाले सुरुमा यसभन्दा अघि नै नगरपालिकाको गाडी दुर्घटना भएको भन्दै पन्छिन खोजेका थिए । तर प्रहरीले तत्काल नगरपालिकासँग समेत बुझदा यसअघि गाडी दुर्घटना नभएको बताएपछि चालक मखियाको मेडिकल गराएपछि उनले प्रहरी समक्ष घटना आपूmले नै गरेको स्वीकार गरेको थियो । डिएसपी भारतीका अनुसार चालक मुखियाको मेडिकल राती नै गरेको भएपनि मादक पदार्थ सेवन गरे नगरेको रिर्पोट आउन बाँकी रहेको बताए ।
कञ्चनरुप नगरपालिकाले मंगलबार रुपनगरमा चौथो नगरसभा आयोजना गरेको थियो । नगरसभा स्थलमा समेत भव्य भोज आयोजना गरिएको भएपनि लेखाअधिकृत सहितका केही कर्मचारी रक्सी खान नगरपालिकाकै गाडीबाट लहान पुगेको बताइएको छ । यता कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले लेखाअधिकृतले गाडी लगेको कुरा आपूmलाई जानकारी नभएको बताए । उनले भने,‘ दुर्घटना भइसकेपछि गाडी बाहिर गएको मलाई जानकारी भयो ।’
कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले गाडी नचढ्ने नेपालमै ‘नमूना’ मेयर भएको दावी गर्दै आएको छ । तर नगरपालिकामा एक महिनामै ३ लाख ७६ हजारसम्मको इन्धन खर्च भएको र यस अघि पनि बागडोरासम्म नगरपालिकाकै गाडीले जनप्रतिनिधिलाई ओसार्ने गरेकोमा आलोचना हुदैँ आएको छ ।
प्रतिक्रिया