सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

  • असार ११, २0७७
  • 0
...

कञ्चनपुर,असार ११ गते । सप्तरीमा बिहीबार बिहान भारी बर्षासँगै परेको चट्याङले चार जनाको मृत्यु भएको छ । चट्याङले गम्भीर घाइते एक किशोरी उपचाररत छिन् । 
महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव कोसीमा नुहाउन गएका बेला बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्याल्य सप्तरीले जनाएको छ ।

यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको जिप्रका सप्तरीका डिएसपी तिलक भारतीले जनाए ।
चटयाङ लागेर गम्भीर घाइते रहेका राजगढ गाउँपालिका बेल्ही चपेनाका ४५ वर्षीय केसीलाल साहको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरीका डीएसपी तिलक भारतीले बताए ।

यस्तै आँगनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।
मृत्यु भएका ३ जनाको परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार घटनाबाट मर्माहत भएको बताउँदै तीनैजनाको परिवारलाई एक–एक लाख रुपैयाँ दिने बताए ।

प्रतिक्रिया