जनकपुरधाम,असार १८ गते । दलितमाथि भइरहेको हत्या हिंसाका विरुद्ध संयुक्त दलित सर्घष समितिले बिहीबार जनकपुरमा गरेको प्रर्दशनमा प्रहरीले दमन गरेको छ ।
दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो । हजारौंका संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारीले जनकपुरको बाह«बिगहाबाट जुलुस सरु गरेका थिए ।
जुलुस मुख्यमन्त्री कार्यालय नजिक पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाय फायर गरेको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रर्दशनकारी तोडफोमा उत्रिएपछि हवाई फायर गर्नुपरेको बताए । उनले भने,‘ प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरि तोडफोड गर्न खोजेका थिए ।’
दलितमृतक शम्भु,राजु सदाको घटना र भोकका कारण ज्यान गुमाएका सप्तरी कञ्चनरुप नपा–५का मलर सदालाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माँग गर्दै दलितहरुले शक्ति प्रर्दशन गरेका छन् ।
दलित समुदायले शम्भु सदा र राजु सदाका घटनाका दोषीमाथि कारवाहीको माँग गरेका छन् । जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश भवन अगाडि आउँद प्रहरीले लाठी प्रहार गरेका छन् । लाठी प्रहारबाट पनि प्रदर्शनकारीहरुले अगाडि बढ्दै जाँदा प्रहरीले ३ राउण्ड आश्रु ग्यास, ३ राउण्ड गोली हवाई फायर समेत चलाएको प्रदर्शनकारीहरुले दावी गरेका छन् ।
प्रहरीको लाठी प्रहारबाट केही युवाहरुलाई समान्य चोटपटक लागेको छ । तर प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलेमृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।
कोणसभामा दलित अगुवाहरुले प्रहरी हिरासतमा झुण्डिएर मृत्यु भएको शम्भु सदाको र क्वाइरेन्टाइनमा उपचार हुन नसक्दा मृत्यु भएका राजु सदाको घटनामा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारवाहीको माँग गरेको छ । धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा रहेका शम्भु सदाको झुण्डिएरको अवस्थामा शव फेला परेको थियो । त्यस्तै धनुषाको हँसपुर नगरपालिका ६ पर्साही बस्ने राजु सदाको क्वारेन्टाइनमा उपचार सम्भव हुन नसक्दा प्रदेशिक अस्पतालमा पु्र्याइएको थियो । तर त्यहाँ पनि चिकित्सकले उपचार नगरेपछि मृत्यु भएको थियो ।
प्रतिक्रिया