जनकपुर आन्दोलनमा घाईते ९ जनामध्ये ३ जनाको अवस्था गम्भिर,थप उपचारका लागि धरान लगिदैँ

  • असार १९, २0७७
  • 0
...

जनकपुर,असार १९ गते । जनकपुरमा बिहीबार दलित समुदायमाथि भइरहेको शृंखलाबद्ध हत्याको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा घाईते भएका ९ जनामध्ये तीन जना गम्भिर घाईते भएको छ ।

गम्भिर घाईतेमध्ये गणेशमान चारनाथ नगरपालिकाका रामचन्द्र महरालाई थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने संयुक्त दलित सर्घष समितिका संयोजक चन्देश्वर दासले बताए । गम्भिर घाईते भएका मध्ये सबैला नगरपालिका–१२का विजप कुमारी सदा र कल्याण कुमार सदाको उपचार जनकपुरमा भइरहेको छ । प्रहरीको लाठीचार्जबाट उनीहरुको टाउको फुटेको संयोजक दासले बताए ।

घाईतेमध्ये शनेचरि देवी सदा,झौलि सदा,प्रमोद सदा,सिमरिया सदा,तिलक परियार र सिल्टु दासको अवस्था समान्य रहेको संयोजक दासले बताए । ‘बर्षायामको असारे झरी र कृषि मजदूरीको महत्वपूर्ण समयमा पनि उत्साह जनक सहभागिताको लागि सम्मपूर्ण आन्दोलनकारीहरु प्रति उच्च सम्मान छ ।’ सर्घष समितिका संयोजक दासले भने,आज समितिको बैठक राखेर आन्दोलनबारे थप छलफल गर्छौं ।’

दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो । हजारौंका संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारीले जनकपुरको बाह«बिगहाबाट जुलुस सरु गरेका थिए । जुलुस मुख्यमन्त्री कार्यालय नजिक पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाय फायर गरेको थियो । दलितमृतक शम्भु,राजु सदाको घटना र भोकका कारण ज्यान गुमाएका सप्तरी कञ्चनरुप नपा–५का मलर सदालाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माँग गर्दै दलितहरुले शक्ति प्रर्दशन गरेका थिए । दलित समुदायले शम्भु सदा र राजु सदाका घटनाका दोषीमाथि कारवाहीको माँग गरेका छन् ।

जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश भवन अगाडि आउँद प्रहरीले लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट पनि प्रदर्शनकारीहरुले अगाडि बढ्दै जाँदा प्रहरीले ३ राउण्ड आश्रु ग्यास, ३ राउण्ड गोली हवाई फायर समेत गरेका थिए ।

प्रतिक्रिया