जनकपुरधाममा भएको आन्दोलन र दमनका सन्दर्भमा ७ बुँदा : विपी साह

  • असार १९, २0७७
  • 0
...

१ शान्तिपूर्ण रुपमा रैली नगर परिक्रमा गर्दै थियो। मधेश भवन (सिगरेट फ्याक्टरी)को दोस्रो गेटमा समान्य विवाद भयो। जहाँ आन्दोलनका अगुवाहरुले स्थिति नियन्त्रणमा राख्न सफल भए। मैले स्वयम् बारम्बार माइकबाट आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे र रोक्ने प्रयास गरे।
२ रैली शान्तिपूर्ण रुपमा मधेश भवनबाट मिल्स एरिया हुँदै भानु चौक गइरहँदा एक जना प्रहरी अधिकारी (हुलियाः नेपालीमूलको, जुँगा भएको, गोरो वर्णको)ले रैलीको पछाडिबाट लाठी चार्ज गर्न लगाए। उनले रिभलबर झिकेर आन्दोलनकारीहरुमाथि तेस्र्याउँदै घिन लाग्ने गरी दलितहरुमाथि गाली गर्न थाले।
३ आन्दोलनकारीहरु अगाडि बढि सकेको र बन्दुक तेस्र्याउँदा भागेको अवस्थामा मैले उनलाई गोली फाइर नगर्न बारम्बार आग्रह गर्दै थिए र शम्भू सदाकी आमा बेहोस भएकीले सम्हाल्दै थिए। तर, पनि उनले चर्तिकला देखाउँदै हवाई फाईर गरे।
म्यागजिन सकिएपछि सडकमै रिभलबर बजारेर म्यागजिन चेन्ज गरे र रिभलबर मतिर तेर्सेयाए। एक जना राउत थरका प्रहरी अधिकारीले ममाथि गोली चलाउन उनलाई रोके। त्यसपछि ममाथि उनी वर्षीए।
४ धनुषा प्रहरी र केन्द्र प्रहरीलाई अनुसन्धान गर्न आग्रह गर्दछु। के हिजोको प्रदर्शनमा गोली चलाउनु पर्ने अवस्था सिर्जना भएकै थियो? त्यस्तो अवस्था आएको थियो भने घटना विवरण सार्वजनिक गर्नु पर्यो। होइन भने दलितहरुको हक अधिकारका लागि भएको आन्दोलनमा बल प्रयोग गर्ने त्यो गोरो वर्णका प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरी कारवाही गर्नु पर्यो।
५ हिरासतभित्र मलाई पक्राउ पुर्जी थमाउँदा सिडियो र प्रहरी अधिकारीहरुको भनाई थियो, मेरै नेतृत्वमा आन्दोलन भयो र मैले नै उक्साएर आन्दोलनलाई उग्र गराएँ। मैले आन्दोलनलाई उग्र बनाउन कुनै पनि गतिविधि गरेको भए प्रमाण पाउँ। र, आन्दोलनको नेतृत्व अधिकारका लागि लड्ने स्वतन्त्र युवाहरु पचु माझी, रामदयाल सदा, मोहन सदाको टीमले गरिरहेको छ। चन्देश्वर दास, चन्देश्वर सदा र रघुबीर दासलगायतका विभिन्न दलमा लागेका दलित नेताहरु पनि सक्रिय छन्।
मधेशमा दबिएका र दबाइएका कमजोर र विपन्नहरुका लागि मैले आफ्नो पेसामार्फत, आफुले जानेको बुझेको कुराले सहयोग गदैै व्यक्तिगत रुपमा लड्दै आएको छु। र, यस आन्दोलनमा पनि मैले त्यही अनुसार सहयोग गर्दैछु।
६ सम्भू सदा र राजु सदाको प्रकरणमा ठूलाबडा राजनीतिक दलका नेताहरुले अपराधीहरुलाई जोगाउन सक्रिय भएकोले मैले न्यायका लागि स्वतन्त्र रुपमा सक्रियता देखाएको हुँ। दलित अधिकारको आन्दोलनलाई धेरै राजनीतिकर्मीहरुले समाप्त पार्न चाहँदैछन्। ‘खस ब्राम्हणवादी’ पार्टीमा लागेका कतिपय दलित नेताहरु नै आफ्नो नेताहरुको इसारामा आन्दोलनलाई उग्र बनाउन वा समाप्त गर्न तथा घुसपैठ गर्न, गराउन चाहेको देखिन्छ।
७ अन्तिममा स् दलितहरुको अधिकारका लागि भइरहेको आन्दोलनमा गैर दलितहरुले चासो नदेखाउनु समाज भित्रको विभेदलाई थप संस्थागत गरेको देखाउँछ। त्यसकारण दलित अधिकारको आन्दोलनमा गैर दलितहरु पनि सहभागी हुनु पर्छ। र, दलितको भोटलाई विक्री गर्ने विभिन्न पार्टीमा लागेका दलितकै कतिपय नेताहरुले पनि आन्दोलनलाई व्यापकता दिलाउनु पर्छ। आन्दोलनमा गैर दलितको सहभागिताबाट तर्सिनु हुँदैन वा आन्दोलनलाई अरुले कब्जा गर्ला र आफ्नो पसल बन्द होला भन्ने डर पनि राख्नु भएन। न्याय र समानताका लागि भइरहेको आन्दोलनमा जति धेरै समर्थन र सहभागिता बढ्दै गयो त्यती धेरै प्रभावकारी हुनेछ।
विपी साहको फेसबुकबाट सभार

प्रतिक्रिया