कंचनरुप नगरपालिकाले नियम विपरित नगर परिषद गरेर वडाको योजना छनौट गरिरहेको प्रति जनता समाजवादी पार्टी नेपालले आपति जनाएको छ ।
जसपाको शुक्रवार सम्पनन नगरस्तरीय अगुवा कार्यकर्ताहरुको बैठकमा कञ्चनरूप नगरपालिकाले वडाको योजनानै पारित नगरि चौथो नगरसभावाट आर्थिक वर्ष ०७७र७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरेकोमा त्यसको बिरोध गर्नुपर्ने आवाज उठेको छ । बैठकमा कंचनरुप नगरपालिकाको बाह्रै वडाको कार्यकर्ताबाट नगर भित्रको गतिबिधिहरु बारेमा जानकारी लिनुको साथै कंचनरुप नगरपालिका प्रमुख, र उपप्रमुख तथा वडाध्यक्षहरूले गर्ने मनपरिको बिरूद्ध शसक्तरूपमा आवाज उठाउने निर्णय भएको जसपाका नगर अध्यक्ष सुदम्बर यादवले बताए ।
जसपाका क्षेत्रीय अध्यक्ष माधव चौधरीले नगरपालिकाले मनपर्दी तरिकाले नगरसभा पहिला गर्ने र वडा स्तरीय योजना तर्जुमा पछि गर्ने कामको बिरोध गर्नुका साथै संसदीय कोषको बजेटबाट सुसम्पन कार्यहरूको बोर्डमा संसदीय कोषको नाम समेत उलेखित् नगरि योजना सञ्चालन गरेकोले त्यसबारे समेत नगरपालिकालाइ सचेत गराउने बताए । नगरपालिकामा भ्रष्टाचार मौलाएको, जनप्रतिनिधीहरूले मनपर्दि काम गरेको, कोरोनाको कारणा जारी लक्डाउनले भोखमरीमा परी २ जना दलितको ज्यान गएकोले नगरपालिकाका जनप्रतिनिधीहरू पूर्णरूपमा असफल भएको नेता चौधरिले बताए ।नगरपालिकाको कमीकमजोरी हरुको बिरोधमा अब जनता समाजवादी पार्टी नेपाल संघर्ष मा लागने निर्णय भएको नगर अध्यक्ष यादबले बताए ।
प्रतिक्रिया