कञ्चनपुर,असार २४ गते । सप्तरी कंचनरुप नगरपालिका –४ जगतपुरकी एक २३ बर्षिया महिलाको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय नबिन चौधरीको पत्नी लिलम चौधरीले आफ्नै घरमा टिभिको प्लग लगाउने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी धर्मेश्वर अस्पताल ठेलियामा समान्य उपचार पश्चात थप उपचारको लागी अंचल अस्पताल राजबिराज अस्पताल ल्याउने क्रममा मृत्यु भएको छ ।
मृतक चौधरीको एक बर्षकी छोरी छ । शवलाई पोष्टमार्डन गरी बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया