कञ्चनपुर,असार २८ गते । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । १० जना घाईते भएका छन भने १८ जना बेपत्ता छन् ।
धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १९ जनालाई मृत अवस्थामा फेला पारेको हो । उक्त दवै पालिकामा ८ जना घाईते र १२ जना बेपत्ता छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ ।
अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनाको दुई दिन बित्दासम्म बाढी पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् । त्यसै गरी जाजरकोटको बारकोट गाउँपालिका ४मा सार्की गाउँमा पहिरोले २ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।
पहिरेमा उच्च भएका लमजुगको दोर्दी गाउँपालिका ६ ढोडेनी गाउँ र पोखरा काल्चेकुनाका ४९ जना परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । रौतहटको ईशनाथ नगरपालिका १मा बाढीका कारण ३ सय पर परिवारलाएै सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया